आज बाँकेबाट ३६ जना डिस्चार्ज हुँदै

  ।   २०७७ आश्विन २१, बुधबार ०८:१३

नेपालगन्ज । बाँकेका विभिन्न आइसोलेसनबाट ३६ जना कोरोना संक्रमित निकोभएर डिस्चार्ज हुँदै छन् । आज बुधबार ११ जना महिला र २५ जना पुरुष डिस्चार्ज हुन लागेका हुन ।

स्वास्थ्य फोकल पर्शन नरेशबाबु श्रेष्ठका अनुसार २ हजार १ सय ८६ जना संक्रमित मध्य १ हजार ७ सय ९ जना डिस्चार्ज भएर आफ्नो घर गैसकेका छन् भने ४ सय ७४ जना विभिन्न आइसोलेसनमा उपचाररत छन् । जसमध्ये बाँकेका ४ सय ५६ र अन्य जिल्लाका १८ जना संक्रमित रहेको पनि श्रेष्ठको रिपोर्टमा उल्लेख गर्नुभएको छ । हाल सम्म २१ जनाको मृत्यु भएको छ भने हिजो मात्र बाँकेका ३ वटा ल्यावले ६६ जनामा कोरोना पुष्टि गरेको थियो ।

Next Post

भेरी अस्पताल नेपालगंजमा माइक्रोस्कोपिक न्यूरोसर्जरी सेवा सुरु

२०७७ आश्विन २१, बुधबार ०८:१३
भेरी अस्पताल नेपालगंजमा अपरेटिङ माइक्रोस्कोपको जडान सँगै माइक्रोस्कोपिक न्यूरोसर्जरी सेवा सुरु भएको छ । दिमाग तथा मेरुदण्ड अत्यन्त संवेदनशील अंगहरु भएको हुँदा ससाना नशा तथा तन्तुहरुलाई अत्यन्त जतनका साथ चलाउनु पर्ने हुन्छ । नाङ्गो आँखाले सहजै देख्न नसकिने यस्ता नशाहरुलाई अपरेटिङ माइक्रोस्कोपको सहायताले म्यागनीफाइ गरेर हेरिन्छ र सर्जनले आफुले चाहेको […]

सम्बन्धित शीर्षक