भेरी अस्पताल नेपालगंजमा माइक्रोस्कोपिक न्यूरोसर्जरी सेवा सुरु

हाल सम्म दुई जना विरामीले पाए सेवा

  ।   २०७७ आश्विन २१, बुधबार १२:१७

भेरी अस्पताल नेपालगंजमा अपरेटिङ माइक्रोस्कोपको जडान सँगै माइक्रोस्कोपिक न्यूरोसर्जरी सेवा सुरु भएको छ । दिमाग तथा मेरुदण्ड अत्यन्त संवेदनशील अंगहरु भएको हुँदा ससाना नशा तथा तन्तुहरुलाई अत्यन्त जतनका साथ चलाउनु पर्ने हुन्छ ।

नाङ्गो आँखाले सहजै देख्न नसकिने यस्ता नशाहरुलाई अपरेटिङ माइक्रोस्कोपको सहायताले म्यागनीफाइ गरेर हेरिन्छ र सर्जनले आफुले चाहेको अनुसार सुरक्षित तरिकाले अपरेसन गर्न सक्छन् ।

अस्पतालमा डाक्टर हरी पौडेल एमसीएच न्युरोसजरीको नियुक्ती भए सगैं न्यूरोसर्जरी जस्तो जटिल प्रकृतिको उपचार सेवा दिन सहज भएको छ ।

अस्पतालले अघिल्लो आर्थिक बर्षमा मूल्य अभिवृद्धिकर बाहेक १ करोड ४१ लाख १ हजार ७ सय ६९ रुपैंया बराबरको लागतमा अपरेटिङ माइक्रोस्कोप खरिद गरेको थियो ।

कार्ल जेइस्सि जर्मेनी को टीभाटो ७ सय मोडेलको अपरेटिङ माइक्रोस्कोप जडान भएपछि हालसम्म दुई जना बिरामीको शल्यक्रिया गरिसकिएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।

जसमा ६० बर्षिया महिलाको मेनीङ्गोमा र ९ वर्षिया बालिकाको स्पाइनल इन्ट्राडुरल इपीडरमोइड टीउमर रहेका छन् ।

दिमागका नशा फुलेर फुटेकोमा बाँध्ने, रगतका नशाहरुको गुच्छाको गडबडी र दिमागको क्यान्सरको शल्यक्रिया जस्ता उपचारमा यस प्रविधिको प्रयोग गरिन्छ ।

Next Post

छुट्टा–छुट्टै अपराध कसुरको आरोप सहित ६ जना पक्राउ

२०७७ आश्विन २१, बुधबार १२:१७
-पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक (एसपी) ओम बहादुर राना लगायत । जंगली जनावर (चित्तल) मारेको आरोपमा बाँके प्रहरीले दुई जना ब्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राप्तीसोनारी ६ का २३ बर्षिय सामेल रोका, नेपालगंज ६ का २८ बर्षिय अन्जान हमाल रहेका छन । […]