भरुवा बन्दुक सहित ३ जना ब्यक्ति पक्राउ

  ।   २०७९ मंसिर २, शुक्रबार १८:१९

संवाददाता, नेपालगंज

बर्दियाको बाँसगढी २ बाट ३ नाल भरुवा बन्दुक, ७ वटा सुतली बम, ३ थान छर्रा गोली, चित्तलको ३ वटा सिङ, एउटा रतुवाको खुर सहित तीन जना ब्यक्ति पक्राउ परेका छन । जसमा १ महिला र दुई जना पुरुष रहेका छन ।

नेपाली सेनाको श्री देवीदत्त गण र बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयको टोलीले स्वीप कारबाहीमा हतियार सहित मानिसहरु पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका ब्यक्ति बरामत हतियार सहितका सामाग्री, निकुञ्ज प्रशासनलाई बुझाएको नेपाली सेनाले जनाएको छ ।

 

Next Post

नरैनापुरका अध्यक्ष शाहले मतदान गरेसँगै मतदान सुरु

२०७९ मंसिर २, शुक्रबार १८:१९
बाँके । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतदान देशैभर सुरु हुँदा नरैनापुर गाउपालिका अध्यक्ष स्तियाक अहमद शाहले आफ्नो वडा नं. २ को प्राथमिक स्वास्थ केन्द्रमा सबैभन्दा पहिले मतदान गर्नु भयो । बिहान ७:१५ मा अध्यक्ष शाहले मतदान गर्नुभएको हो । देशको भाग्यरेखा कोर्ने यस निर्वाचनमा सम्पुर्ण पालिकाबासीहरुलाई स्वतस्फूर्त तरिकाले […]