साफको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदै

  ।   २०७८ कार्तिक १, सोमबार ०७:५३

काठमाण्डौ । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदैछ । माल्दिभ्समा भएको खेलमा उपविजेता बनेको नेपाली टोली आज बिहान सवा ९ बजे नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले केही दिनपछि मात्रै नेपाल फर्कनेरनफर्कने विषयमा निर्णय गर्ने बताएका छन् । नेपाल फाइनल खेलमा भारतसँग ३–० ले पराजित भएको थियो । नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो । नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागी प्रतियोगितामा नेपाल शीर्ष दुईमा रहँदै पहिलो पटक फाइनलमा पुगेको थियो ।

नेपालले लिग चरणमा माल्दिभ्सलाई १–० गोलले र श्रीलंकालाई ३–२ गोलले हराएको थियो भने भारतसँग १–० गोलले पराजित भएको थियो । बंगलादेशसँग १-१ गोलको बराबरी खेलेर फाइनल पुगेको नेपाल भारतसँग ३–० गोलले पराजित भएको हो ।

Next Post

असोज मसान्तसम्म लक्षितभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइयो

२०७८ कार्तिक १, सोमबार ०७:५३
काठमाण्डौ । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोज मसान्तमा लक्षित जनसङ्ख्यामध्ये ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेकामा त्यो लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको मन्त्रालयको […]