प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा आज प्रदेश-१ र एपीएफ खेल्ने

  ।   २०७७ पुष १९, आईतवार ०६:५२

काठमाण्डौ । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज शसस्त्र प्रहरीको विभागीय टिम एपीएफ र प्रदेश– १ खेल्दैछन् । खेल बिहान साढे ११ बजेदेखि सुरु हुने छ ।

हिजो भएको सेमिफाइनल खेलमा प्रदेश– १ ले लुम्बिनी प्रदेशलाई र एपीएफले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा प्रवेश गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल क्रिकेट संघ (क्यान)को प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

उप-विजेताले तीन लाख र सेमिफाइनलमा पराजित हुने दुई समूहले २५–२५ हजार रुपैयाँ पाउनेछन् ।

Next Post

इजरायलमा १० लाखभन्दा धेरै मानिस कोरोनाविरुद्धको खोप कार्यक्रममा सहभागी

२०७७ पुष १९, आईतवार ०६:५२
काठमाण्डौ । इजरायलले १० लाखभन्दा बढी मानिसहरूलाई कोरोना भाइरसविरुद्धको खोप दिएको छ । यो अरु देशको तुलनामा सबैभन्दा उच्चदर रहेको बीबीसीले जनाएको छ । इजरायलमा ११ दशमलव ५५ प्रतिशत मानिस खोप कार्यक्रममा सहभागी बनेका छन् । यसैगरी बहराइनमा ३ दशमलव ४९ र बेलायतमा एक दशमलव ४७ प्रतिशत मानिसले खोप लगाएको […]