नेपालगन्ज । नेकपा माओवादी केन्द्र बाँकेले जिल्लाका ८१ वटै वडाका जनतालाई धन्यवाद दिएको छ ।
माओवादी केन्द्र बाँकेका इन्चार्ज कुलप्रसाद केसी (सोनाम), संयोजक नरेन्द्रप्रसाद पाण्डे (जेम्स) र सचिव डिल्ली बराल (अमिर) द्वारा शनिबार जारी गरिएको संयुक्त विज्ञप्तिमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले देशैभरका सबै पालिकामा एकैसाथ ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को शुभारम्भ कार्यक्रममा बॉके जिल्लाका ८१ वटै वडाहरुमा जनसमुदायको उल्लेख्य उपस्थिति भएको भन्दै सर्वसाधारण जनतालाई धन्यवाद ज्ञापन गरिएको छ ।
जिल्लाका ८१ वटै वडामा अभियान उद्घाटन हुने क्रममा एक सय ८६ जना विभिन्न प्रबुद्ध व्यक्तिहरुले माओवादी पार्टीमा प्रवेश गरेका छन् ।
हेर्नुस् बिज्ञप्ति ।