नेपालगन्ज । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गत रहेका आधिकारिक ट्रेड युनियनले संयुक्तरूपमा व्यवस्थापन पक्षसँग मागपत्र पेश गरेका छन् ।
२०७५ साल देखि अहिलेसम्म कर्मचारीहरुको तलबभत्ता वृद्धि नभएको, कोभिडका कारण मागपत्र पेश गर्न केही ढिला भएको भन्दै उक्त संस्थामा रहेका तिनवटा ट्रेड युनियन लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि-कर्मचारी संगठन, लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि-कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले संयुक्तरूपमा मुख्य ७ बुदे मागपत्र भित्र ५१ बुदे माग आज संस्थाका उप निर्देशक श्याम कुमार शर्मा समक्ष बुझाएका छन् ।
<span;>सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर यदि मागपत्र पूरा गरिएन भने सशक्त रुपमा आन्दोलनमा समेत जाने ट्रेड युनियनका अध्यक्षहरुले बताएका छन् । हामीहरु ४ वर्षदेखि १ रुपैयाँ पनि बढाएका छैनौं पहिला पहिला नेपाल सरकारका कर्मचारी सरह खाएको तलव भत्ता अहिले आएर ७/८ हजारको फरक परेको बताउदै हाम्रा जायज मागहरु व्यवस्थापन पक्षले अटेरी गरेर पूरा नगरेमा सशक्त आन्दोलनमा जाने कर्मचारी संगठनका अध्यक्ष कुश्माखर बस्यालले बताउनु भयो ।
यहाँ मात्र नभएर देशभरका प्राइभेट कलेजहरुमा तलव वृद्धिको लागि मागपत्र पेश गरेको स्मरण गर्दै बिनाकुनै आनाकानी नगरी मागपत्र सम्बोधन गर्नुपर्ने कर्मचारी संघका सभापति यम बहादुर खड्काले बताउनु भयो । स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनिर खानले हामी अन्तिम लडाइँमा छौं, हाम्रा मागहरु जायज छन्, यदि व्यवस्थापन पक्षले टेरेन भने हामी जुन सुकै बेलामा पनि संस्था बन्द गरेर हाम्रा मागहरु पूरा गराएर छाड्ने बताउनु भयो ।
तिनवटै युनियनका अध्यक्षहरुले सम्पूर्ण कर्मचारीहरुलाई मागहरु पूरा नभएको अवस्थामा अब गरिने आन्दोलनलाई साथ दिनुपर्नेमा अनुरोध गरेका थिए । आज नेपालगन्जमा रहेको लेक्चर हलमा कर्मचारीहरु भेला गरेर मागपत्रको बारेमा जानकारी गराइएको थियोे । मागपत्र मस्यौदा तिनवटै युनियनका संगठनको महासचिव रत्ना गिरी, संघको सचिव नारायण पोखरेल र स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका सचिव अनिता थापाले तयार पारेको संगठनकी महासचिव गिरीले बताउनु भयो ।
मागपत्रका बारेमा उप निर्देशक श्याम कुमार शर्मालाई जिज्ञासा राख्दा अहिले केही बोल्न नसकिने र सम्पूर्ण अध्ययन गरिसकेपछि कुनकुन मागहरु पूरा गर्न सकिन्छ अनि मात्र बताउन सकिने बताउनु भएको थियो ।
हेर्नुहोस् मागपत्र :