नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ  

  ।   २०८० भाद्र ३१, आईतवार १७:४९

नवलपरासी पश्चिम । लागु औषध सहित १ जना पक्राउ परेका छन् । रामग्राम नगरपालिका-१ निलोगेटबाट नियन्त्रित लागूऔषध नुफिन १ सय २० एम्पुल,  फेनारगन १ सय २३ एम्पुल, डाइजेपाम १ सय २१ एम्पुल र नाइट्राभेट १ सय १७ ट्याब्लेटसहित दाङ घोराही उपमहानगरपालिका-११ बस्ने ३० वर्षीय भुवन केसीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई जाँच गर्ने क्रममा झोलामा रहेको उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

Next Post

सवारी दुर्घटनामा दुई जनाको मृत्यु  

२०८० भाद्र ३१, आईतवार १७:४९
नेपालगन्ज । तुलसीपुर उपमहानगरपालिका-९ स्टार बोर्डिंङ चोकस्थित सडकमा लु.२ ख ५९१८ नम्बरको गाडीले रा. १ ह  ४४५९ नम्बरको अटोलाई आइतबार बिहान ठक्कर दिँदा अटो सवार तुलसीपुर उपमहानगरपालिका -९ का १३ वर्षीय दामोदर भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको […]