सवारी दुर्घटनामा दुई जनाको मृत्यु  

  ।   २०८० भाद्र ३१, आईतवार १८:०१

नेपालगन्ज । तुलसीपुर उपमहानगरपालिका-९ स्टार बोर्डिंङ चोकस्थित सडकमा लु.२ ख ५९१८ नम्बरको गाडीले रा. १ ह  ४४५९ नम्बरको अटोलाई आइतबार बिहान ठक्कर दिँदा अटो सवार तुलसीपुर उपमहानगरपालिका -९ का १३ वर्षीय दामोदर भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य ४ मध्ये २ जनाको सोही अस्पतालमा उपचार भइरहेको र १ जनालाई थप उपचारको लागि  नेपालन्ज मेडिकल कलेज रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ। भने १ जना उपचार पश्चातमा डिस्चार्ज हुनुभएको छ । गाडीका चालक र सह चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

Next Post

बाढी पिडितलाई खाद्यान्न, नगद र पोषण खाना वितरण

२०८० भाद्र ३१, आईतवार १८:०१
नेपालगन्ज । गत साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा बर्दिया जिल्लामा आएको बाढीबाट प्रभावित भएका जिल्लाका चारवटा पालिकाका पिडित परिवारलाई विभिन्न प्रकारको राहात उपलब्ध गराउने कार्य जारी छ ।                                      […]