नेपालगन्ज । बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टको लोकप्रियता पछिल्ला दिनहरूमा उल्लेख्य रूपमा बढ्दै गएको छ। टोल–टोलमा पुगेर गरिएको घरदैलो अभियानले मतदातासँगको दूरी घटाएको छ भने युवा उम्मेदवारका रूपमा उहाँको सक्रियता र व्यवहारले जनताको मन जित्दै लगेको स्थानीयहरूको भनाइ छ।
बिष्ट बिहानैदेखि साँझसम्म घरदैलोमा व्यस्त देखिनुहुन्छ। उहाँले हात मिलाएर मत माग्ने मात्र होइन, मतदाताको कुरा ध्यान दिएर सुन्ने, प्रश्नको जवाफ दिन झर्को नमानेर स्पष्ट धारणा राख्ने शैली अपनाउनुभएको छ। यही कारण उहाँलाई स्थानीयले “सुन्ने नेता” का रूपमा चिनाउन थालेका छन्।
युवा, जुझारु र मिलनसार स्वभावका बिष्टलाई मतदाताले अब्बल र उत्कृष्ट व्यक्तित्वका रूपमा हेर्न थालेका छन्। उहाँले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत मुद्दामा स्पष्ट योजना प्रस्तुत गर्दै आउनुभएको छ। घरदैलोका क्रममा उहाँले जनताको समस्या आफ्नै समस्या ठान्ने र समाधानका लागि जिम्मेवारीबाट नभाग्ने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ।
विशेषगरी युवामाझ बिष्टप्रति आकर्षण बढ्दो छ। रोजगारी, उद्यमशीलता र खेलकुदप्रतिको उहाँको रुचिले युवाहरूलाई जोडेको देखिन्छ। “उहाँ कुरा मात्र गर्नुहुन्न, काम गरेर देखाउनुभएको छ,” एक स्थानीय युवाले भने, “यही कारण हामी उहाँसँग आशा बाँधिरहेका छौँ।”
ज्येष्ठ नागरिक र महिलाहरूले पनि बिष्टको सरलता र सम्मानजनक व्यवहारको प्रशंसा गरेका छन्। “नेता भएर पनि हामीजस्तै बसेर कुरा गर्नुहुन्छ,” एक वृद्ध आमाले भनिन्, “यही मानवीयता हामीलाई मन परेको हो।”
राजनीतिक विश्लेषकहरूका अनुसार निरन्तर घरदैलो, प्रत्यक्ष संवाद र स्पष्ट एजेन्डाका कारण दिपेन्द्र बिष्ट बाँके–२ मा बलियो उम्मेदवारका रूपमा उभिँदै जानुभएको छ। चुनावी माहोल दिनानुदिन उहाँको पक्षमा बन्दै गएको टोलबासीको बुझाइ छ।
यसरी, युवा उम्मेदवार दिपेन्द्र बिष्टको घरदैलो अभियान केवल चुनावी औपचारिकता होइन, जनताको मन जित्ने अभियान बनेको देखिन्छ। बढ्दो लोकप्रियताले बाँके क्षेत्र नं. २ को निर्वाचनलाई थप रोचक बनाएको छ भने मतदातामा नयाँ अपेक्षा र भरोसाको सञ्चार गरेको छ।



