प्रधानमन्त्री ओलीको अहंकारले प्रतिनिधि सभा विघटन

  ।   २०७७ पुष ८, बुधबार १८:५०

कम्युनिष्ट पार्टी जो फरक फरक बिपरीत धुर्वका कम्युनिष्ट पार्टी बिच अप्रत्यासी तरिकाले पार्टी एकता हुँदा नेता कार्यकर्ता आश्चर्य चकित भएका थिए ।

तर पनि नेता कार्यकर्ता उत्साहित नै भए, अर्को तर्फ नेपालमा राजनितिक दल धरै भए, कुनै पनि निकास, बिकास नदिने पार्टी स्थापना गर्ने, गफले मात्र देश बिकास गर्ने प्रबृत्ती हाबि हुने गरेको सिद्धान्त आर्दश, एजेन्डा बिहिन राजनीति गर्ने र शक्ति संचय गर्ने उद्देश्यले बिकसित राजनिति ब्यवस्था देखी नेपाली जनता आजित भैसकेका थिए ।

नेपालमा सबै खाले आन्दोलन र ब्यवस्था परिवर्तमा राजनितिक दल, एक हुने तर परिवर्तनलाई संस्थागत गर्न नसक्ने प्रबृती भनौ या स्वार्थ केन्द्रित राजनितिले फेरी बिकल्प खोज्न थालिन्छ ।

खोजियो पनि १० बर्षे जनयुद्ध, २०६२–०६३ जनआन्दोलन, मदेश आन्दोल लगयत थुप्रै परिवर्तनकारी आन्दोलन भए र त्यही जगमा २०७२ असोज ३ गते संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान जारी भयो र सबै खाले परिवर्तनको संस्थागत गर्न देशमा सम्बृद्ध नेपाल सुखी नेपाली लगायत समाजवादी कार्यदिशा सहित चुनावमा होमिन बामगठबन्दन गरी तत्कालिन माओवादी केन्द्र र नेकपा एमाले मिलेर चुवानमा होमियो, सोचेको जनमत पनि प्राप्त ग¥यो ।

नेपालमा दुई ठुला पार्टी बिच एकता हुदाँ नेता कार्यकर्ता साथै, जनताले साथ सहयोग दियो र करिब दुई तिहाई बहुमत सरकार र संसदको नेतृत्व गरेको पार्टीले अन्तत संसद किन बिघटन ग¥यो । बिवादको श्रृखला कहाँ बाट सुरु भयो । सरसर्ती हेर्दा सरकार ठिक सँग चलेको थियो । सरकारले काम भन्दा पनि गफ र कमेडी गर्ने जस्ता कार्य स्वयम प्रधानमन्त्री बाट हुने थाले पछि संसदमा सांसदहरुले समेत प्रश्न गर्न थालेका थिए ।

विश्व कोरोनाले आक्रान्त भएकोले कोरोना नियन्त्रण रोकथाम तथा बिदेशमा रहेका नेपालीहरुलाई समेत उद्दार गर्न ध्यान नदिई अप्रत्यासी रुपमा दुई वटा अध्यादेश ल्याउन पुगे । राजनितिक दल बिभाजन सम्बन्धी र संम्बैधानिक परिषद अध्यादेश ल्याएर पार्टी भित्र र बाहिर बाट बिरोध भए पछि अन्तत : फिर्ता लिन बाध्य भयो ।

त्यो बिचमा जसपा सांसद अपहरण गरेको खुलासा भएको थियो । यस बाट प्रस्ट हुन सकिन्छ कि प्रधानमन्त्री पश्चगमन दक्षिण पन्थीको इसारमा चलेको प्रष्ट देखीन्छ । पार्टी र सरकार संयोजनमा दुबै अध्यक्ष बीच सरसहल्लामा चलाउनु पथ्यो ।

तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टी निर्णय बिधि बिधान नमान्ने र आफ्नो कारणले नेकपाको बहुमद आएको भनि दम्भ, घमण्ड, अहङ्गकारले गर्दा पार्टीमा समस्या सृर्जना भयो । दुई अध्यक्ष बिचको बिवाद सचिवालय नमिलेर पार्टीको स्थायी कमिटीमा ल्याइयो अन्तत : विवाद कार्यदल मार्फत भदौ २६ गते बिवाद मिलाईयो ।

स्थायी कमिटीको बैठक समापन भयो र निर्णय कार्यन्वयन गर्ने बेला फेरी केपी शर्मा ओलीको तदारुकता देखीएन ।

फेरी नेकपाको सचिवालय बैठकमा आरोप पत्र आदान–प्रदान गर्दै सचिवालय बैठक लम्ब्याउने साथै बैठकको औचित्य छैन भन्ने, आफ्नै सहपाटी नेताहरुलाई अपमान गर्ने जस्ता कार्य गर्न लगाउने बिभिन्न प्रपोकाण्ड मच्चाउने जस्ता कार्य गर्न रुचाउने प्रधानमन्त्रीको कार्यशैली निरङ्गकुस अराजक, अरुको अपमान गर्ने शैलीले पार्टी भित्र र बाहिर चर्को आलोचना भएको देखिन्छ ।

कोरोनाको बेला सबै जनता संन्त्रास साथै बन्धक भएको मौकामा समेत भ्रष्टाचारले सिमानै नाघ्यो (वाइड बडी बिमान खरिद, सुरक्षा छापाखाना खरिद, गोकुल बास्कोटाको टेप प्रकरण, यति होल्डिङ्गसँगको अपादर्शी र शंकास्पद कारोवार, चिनी आयात घोटाला, कोरोना संक्रङमणको नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समुहको साँठगाठ र अनियमिता जस्ता प्रकरणमा मुछिएकाहरुको प्रतिरक्षा गरेको प्रधानमन्त्रीले भ्रष्टचारलाई प्रोत्साहन र संरक्षण गरेको स्पष्ट देखिन्छ ।

हरेक हिसावले सरकार असफल भैसकेको प्रमाणित भैइसके पनि सत्ता टिकाउन जस्तो सुकै कदम चाल्न सक्ने प्रधानमन्त्री केपी ओली अन्तत : अराजनीतिक, संकिर्ण, अराजक, संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल माथि हवला गर्न पुग्नु भयो । अन्ततः संसद नै बिघटन गर्नुभयो ।

प्रधानमन्त्री के पी शर्मा ओली द्वारा गरिएको प्रतिनिधिसभा बिघटनको सिफारिसलाई असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश, पश्चगामी र जनादेश, जनभावना एवं राजनीतिक स्थिरता बिरोधी स्वेच्छाचारी कदम ठहर गर्दै त्यसको तिब्र बिरोध एवं भत्र्सना भैरहेको छ ।

नेपाली जनताले ठुलो बलिदानपुर्ण संघर्षद्वारा प्राप्त गरेको राजनीतिक परिवर्तन तथा उपलब्धि माथि नाङ्गो प्रहार गरिएको छ । संविधानको रक्षा गर्ने जिम्मेवारीमा समेत रहनुभएका सम्माननीय राष्ट्रपतिज्युबाट यो असंवैधानिक कदमलाई स्विकार गरिनु पनि गंम्भीर रुपमा आपत्तिजनक रहेको छ ।

तसर्थ सबै राजनीतिक पार्टीहरु, नागरिक समाज, लोकतन्त्र पक्षधर र परिवर्तनकारी शक्तिहरु र आम जनसमुदायलाई यो असंवैधानिक एवं अलोकतान्त्रिक कदमको बिरुद्ध संविधान र लोकतन्त्रको पक्षमा एकताबद्ध भई उभिन तथा भूमिका खेल्न अपील गर्दछु ।

लेखक : दिपेन्द्र धिताल (अर्थोक) साविक अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रिय सदस्य हुनुहुन्छ ।

Next Post

कोरोनाका कारण भारतका विभिन्न राज्यमा कर्फ्यु

२०७७ पुष ८, बुधबार १८:५०
एजेन्सी । कोरोना भाइरसको महामारी थप फैलिन नदिन भारतका विभिन्न राज्यमा कर्फ्यु लगाइएको छ । दक्षिण पश्चिमी राज्य कर्नाटकमा रातको समयमा लागू हुने गरी कर्फ्यु लगाइएको छ । कर्नाटकमा आउँदो पुस १८ गतेसम्म लागू हुनेगरी हिजोदेखि नै कर्फ्यु सुरु भएको हो । कर्नाटकका स्वास्थ्यमन्त्री डाक्टर के सुधाकरले रातिको समयमा बाहिर […]