समावेशी प्यानललाई जिताउन एमाले बाँकेको निर्देशन, अटेर गर्ने जोशीलाई कार्वाहीको सिफारिस

  ।   २०८० श्रावण ३०, मंगलवार १७:२५

सबिता चन्द

नेपालगन्ज । आगामी भदौ २ गते हुन गइरहेको नेपालगन्ज उद्योग बाणिज्य संघको चुनावलाई लक्ष्यित गर्दै नेपाल कम्युनिस्ट पार्टी एमालेले टंकबहादुर धामी नेतृत्वको समावेशी प्यानललाई साथ दिन आफ्ना सम्पूर्ण व्यवसायीलाई निर्देशन दिएको छ। साउन २९ गते लिखित नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन सम्बन्धमा पत्रमार्फत नेकपा एमाले बाँके जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपतिले एमाले प्रदेश सदस्य समेत रहनु भएका दिपेन्द्र जोशीले पार्टीको मौखिक आग्रहलाई अटेर गरेकोले कार्वाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरिएको सिफारिस पत्रमार्फत जानकारी गराउनु भएको हो ।

अध्यक्ष कक्षपतिद्वारा हस्ताक्षरित पत्रमा ´नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उद्योग व्यवसाय माहासंघ बाँकेले छनोट गरेका उम्मेदवारका साथै हाम्रा उम्मेदवारलाई सहयोग, समर्थन र सहकार्य गरेका अन्य उम्मेदवारलाई पनि विजयी गराउनका लागि यहाँहरु सबैको योगदान र सहकार्य हुने छ। यस कार्यमा हामी सबैको एक्यवद्धता साथ, सहयोगबाट हाम्रा र हामिले समर्थन गरेका उम्मेदवारहरु विजयी गराउनु पर्ने सबैको कर्तव्य भएकोले सोही अनुसार टंक धामी नेतृत्वको समावेशी प्यानललाई विजयी गराउन जुट्न हुन सबैमा हार्दिक अपिल गर्दछु` जनाईएको छ। अध्यक्ष कक्षपतिले पत्रमा नोट लेख्दै ´हाम्राे पार्टिका लुम्बिनी प्रदेश कमिटी सदस्य दिपेन्द्र कुमार जोसि उद्योग तर्फको उपाध्यक्षको आधिकारिक उम्मेदवार नभएको जानकारी गराइन्छ। निजलाई उम्मेदवारी फिर्तालिन मौखिक दबाब दिइएको र अटेरी गरेकोले निजलाई कार्वाहीका लागि प्रदेश कमिटीमा जानकारी गराएको समेत अनुरोध छ`अपिल गर्नु भएको छ।

संघको चुनावमा समावेशी प्यानलका सबैलाई विजयी गराउन एमाले निकट व्यवसायी महासंघ र स्वयं एमाले पार्टी घुडाधसेर लागेको नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष किष्ण प्रसाद श्रेष्ठले बताउनु भयो । दुबै प्यानलका उम्मेदवारहरु चुनावी मैदानमा निकै कस्सिएर घरदैलो अभियानमा लाग्नु भएको छ।

सिफारिस  पत्र

Next Post

राप्रपाले बेहनालाई ५ वर्षको लागि कार्वाही गरेपछि........

२०८० श्रावण ३०, मंगलवार १७:२५
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचनमा पार्टीको नीति विपरित उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष पदका उम्मेदवारलाई पार्टीले कारबाही गरेका छ । राप्रपा बाँकेको अनुशासन समितिका संयोजक यमबहादुर रावतले मंगलबार विज्ञप्ती जारी गरी संघको उपाध्यक्ष (उद्योग) पदका साझा प्रजातान्त्रिक समूहका उम्मेदवार मो.सफिक बेहनालाई पार्टीको निर्णय विपरित आधिकारिक उम्मेदवारलाई हराउन […]

सम्बन्धित समाचार