सही बिचार र सही दृष्टिकोणबाट जन्मिएको प्रेस सेन्टर नेपाल: नेता दामा शर्मा

  ।   २०८० भाद्र ८, शुक्रबार ०९:३७

कोहलपुर । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य दामा शर्माले सही बिचार सही दृष्टिकोणबाट जन्मिएको प्रेस सेन्टर नेपालले जनतामाझ सहि विचारको प्रवाह गर्नुपर्ने बताउनु भएको छ ।

बिहिवार प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको प्रथम वार्षिकोत्सबको अवसरमा सम्बोधन गर्दै उहाँले जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु प्रेस सेन्टर नेपालको प्रमुख भुमिका रहेको उल्लेख गर्नुभयो । साथै उहाँले देशमा भएको भ्रष्ट्चार र अनियमिताको खबरदारी गर्ने र जनता सामु सम्प्रेषण गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सहि विचार र सहि दृष्टिकोणबाट जन्मिएको प्रेस सेन्टर नेपालले जनता माझ सहि विचारको पर्वाह गर्नुपर्छ । सबै क्षेत्रको अगुवाई गर्ने नेकपा माओवादी केन्द्र अब ब्युझिएको छ । जसरी जनयुद्धको रापतापबाट गणतान्त्रिक लोकतन्त्र आयो त्यसरी भ्रस्टाचार विरुद्ध अर्को युद्धको अगुवाई गरेको छ ।’

उहाँले प्रेस सेन्टर कोहलपुरका कलकलाउदा युवा पत्रकारहरुलाई सहि बाटोमा हिड्नका लागि सहि विचार र दृष्टिकोण दिन सेन्टरका नेताहरुलाई शर्माले निर्देशन समेत दिनुभयो ।

नेकपा माओवादी केन्द्र बाँके जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डे (जेम्स) ले माओवादी केन्द्र बाँके भित्र समय समयमा देखिने गुट उपगुटको अब पुर्ण रुपमा अन्त्य हुने बताउनु भयो । उहाँले अहिलेको माओवादी केन्द्रको अभियानले पार्टी मात्र रुपान्तरण हुनेहोइन प्रेस सेन्टर नेपाल पनि रुपान्तरण हुनुपर्छ भन्दै भनेको नमान्ने जोसुकैलाई पनि कार्वाही हुने बताउनु भयो । पार्टीको नीति विधि भन्दा बाहिर जाने कसैलाई छुट नहुने संयोजक जेम्सले प्रष्ट पार्नु भयो ।

प्रेस सेन्टर नेपालका केन्द्रिय सचिब सिराज खानले सेन्टर कोहलपुरले नमुना पेस गरेको बताउनु भयो । खानले सेन्टरका केन्द्रिय अध्यक्ष विष्णु प्रसाद सापकोटा (जुगल) ले पठाएको शुभकामना सन्देश सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘अध्यक्ष जुगलले केन्द्रमा अत्यन्त जरुरी संगठनको काम भएको हुनाले उपस्थित हुन सकिन तर शुभकामना सुनाइ दिनु होला । उहाँको भनाइ जस्ताको त्यस्तै सुनाएको छु । अब सेन्टरले आफ्नो सीप देखाउने बेला आएको छ । लाग्नुस साथीहरू ।’

कार्यक्रममा नीति परामर्श समितिका सदस्य सुशील लामिछानेले संगठन एक ढिक्का भएर लाग्नु पर्ने बताउनु भयो । अर्का केन्द्रिय सदस्य शिव सुनारले संगठन मजबुत बनाउन एकजुट भएर सहि मार्गमा हिड्नु पर्ने बताउनु भयो । सेन्टर कै केन्द्रिय सदस्य डा. डक्टप्रसाद धितालले समाजवादी र पुजीवादी बीचको संघर्षका बारेमा बताउनु भयो । डा. धितालले देशमा पुजीवादी प्रवृतिको अन्त्य गर्न बिचार र निष्ठामा एक हुनुपर्ने जिकिर गर्नु भयो ।

त्यस्तै लुम्बिनी प्रदेश सचिव तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका गजेन्द्र गुरुङले सेन्टर कोहलपुरको तारिफ गर्नु भयो । उहाँले कोहलपुरबाट अन्य पालिका मात्र नभएर जिल्ला समितिले पनि पाठ सिक्नु पर्ने बताउनु भयो । अर्का सचिव आलम खानले २०५८ सालको स्मरण गराउदै अहिले पनि त्यसरी नै लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सेन्टर बाँकेका संयोजक राजेश आचार्य, उपाध्यक्ष तथा पत्रकार महासंघ बाँकेका कार्यवाहक अध्यक्ष संगिन शर्मा, प्रेस चौतारी बाँके जिल्ला अध्यक्ष विनोद भट्टराई, समाजवादी प्रेस संगठका केन्द्रिय सदस्य कुशल दलामी, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य अवराज खड्का लगायतका नेताहरूले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Next Post

म त भन्छु जनजनमा माओवादी मनमनमा माओवादी: उपमहासचिव यादव

२०८० भाद्र ८, शुक्रबार ०९:३७
नेपालगन्ज । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव मातृकाप्रसाद यादवले जनजनमा माओवादी मनमनमा माओवादी हुनुपर्नेमा पछिल्लो समयमा माओवादीका नेताहरु जनतासँग डराउन थालेको बताउनु भएको छ । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीको विस्तारित वैठकलाई सम्बोधन गर्ने क्रममा शनिवार नेपालगन्जमा माओवादी नेता यादवले यस्तो बताउनु भएको हो । माओवादी केन्द्रका कर्णाली प्रदेश […]

सम्बन्धित शीर्षक