नेपालगन्जमा मंगलबार लगाइएको कर्फ्यु बिहीबारदेखि खुकुलो हुँदै

  ।   २०८० आश्विन १८, बिहीबार ०९:२०

नेपालगन्ज। विस्तारै पुरानै लयमा फर्किदै गएको नेपालगन्जको सुरक्षा अवस्थामा क्रमिक सुधार आएको छ । मंगलबारदेखी नेपालगन्जमा लगाइएको कर्फ्युको समयमा बिहिवारदेखि खुकुलो पारिएको छ ।

नेपालगन्जमा लगाइएको कर्फ्यु बिहिवार बिहान ८ बजेदेखि दिउसोको समयमा हटाइएको छ । बिहिवार बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि कर्फ्यु हटाइएको बाँकेका प्रजिअ विपिन आचार्यले जानकारी दिनुभयो । प्रजिअ आचार्यका अनुसार बिहिवार साँझ ८ बजेदेखि शुक्रवार बिहान ६ बजेसम्म भने कर्फ्यु यथावत रहनेछ ।

दिउँसोको समयमा कर्फ्यु हटाइएपनि नेपालगन्जको पूर्वमा राप्ती नदी, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सिमा नाका क्षेत्रभित्र कुनै भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामाग्री टाँस्न वा लेख्न पाइने छैन । उक्त क्षेत्रभित्र हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरि निषेधाज्ञा लगाइएको प्रजिअ आचार्यले जानकारी दिनुभएको छ ।

Next Post

कपिलवस्तुमा एमालेका नेताहरु माओवादीमा प्रवेश

२०८० आश्विन १८, बिहीबार ०९:२०
नेपालगन्ज । नेकपा एमालेमा रहि लामोसमय राजनिति गरेका कपिलवस्तुका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रबेश गरेकाछन । बिहिबार नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी […]