नेपाल संवतमा मोटरसाइकल र्‍याली

  ।   २०८० कार्तिक २८, मंगलवार १९:२५

नेपालगन्ज । नेपाली मौलिक संवत् नेपाल संवत ११४४ को अवसरमा नेपालगन्जमा शुभकामना आदानप्रदानसहित मोटरसाइकल र्‍याली निकालिएको छ ।

बाँकेमा क्रियाशील नेवाः खल, पुच र नेवाः गुठीहरुको संयुक्त आयोजनामा नेपालगन्जमा मङ्गलबार बिहान शुभकामना आदानप्रदान र मोटरसाइकल र्‍याली निकालिएको हो ।

स्थानीय गणेशमान चोकबाट सुरु भएको र्‍याली नेपालगन्जको विभिन्न चोकहरुसहित प्रसिद्ध बागेश्वरी मन्दिर परिक्रमापछि भृकुटीनगरमा पुगेर समापन भएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले उद्घाटन गरेर सुरु भएको र्‍याली नेवाः पुच बाँकेका संस्थापक अध्यक्ष बद्रिप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा समापन भएको थियो ।

र्‍यालीमा बाँकेबाट प्रतिनिधित्व गर्ने संघ तथा प्रदेश सांसदहरु, प्रशासन र प्रहरी प्रमुखसहित नेवाः समुदायबाट उल्लेख्य उपस्थिति रहेको थियो । नेपालगन्जको नगर परिक्रमाका क्रममा टोल टोलमा स्थानीयले र्‍यालीको स्वागत गरेको रुट व्यवस्थापन संयोजक दिपेन्द्रकुमार जोशीले बताउनुभयो ।

नेवाः पुच बाँकेका अध्यक्ष जितेन्द्र जोशीको अध्यक्षतामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल संवत् नेवाः समुदायको मात्र नयाँ वर्ष नभएर सम्पूर्ण नेपालीको भएको बताउनुभयो ।

Next Post

नेपालगन्जको बोरा गोदाममा कसरी भयो आगलागी

२०८० कार्तिक २८, मंगलवार १९:२५
नेपालगन्ज । नेपालगञ्जको बोरा गोदाममा आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीस्थित एसके ट्रेडिङ्गको बोरा गोदाममा गएराति आगलागी भएको हो । राति करिब १२ बजेतिर लागेको आगो आज विहानीपख मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । विद्युतको तार सर्ट […]