नेपालगन्ज । टंटलापुर घाम लागेको छ । ३८ डिग्रीको तापले निधारबाट पसिना खलखल्ती बगेको छ । सडकमा सवारी साधनको जाम लागेको छ । मानिसहरूको घुइँचो पनि त्यत्तिकै……. यो दृश्य नेपालगन्ज उपमहानगरपालिकाको मुटु बिपि चोकको हो । नेपाल दृस्टी विशेषज्ञ संघको लुम्बिनी प्रदेश नेपालगन्जको आयोजनामा ´समग्र आँखा उपचारको लागि दृस्टी विशेषज्ञ` सडक नाटकले नै भिड लागेको थियो ।
नेपालमा हरेक बर्ष चैत ९ गते मार्च २३ तारीखमा विश्व अप्टोमेट्री दिवस मनाउने गरिन्छ । सोही दिवसको उपलक्ष्यमा सडक नाटक देखाएर जनचेतना फैलाउन बुधबार जिल्ला प्रशासन कार्यालय बाँके संग नेपाल दृस्टी विशेषज्ञ संघले अनुमति मागेको हो । सडक नाटक देखेर एकछिन सडक नै जाम भएको थियो । सडक नाटक हेर्नेहरुको घुइँचो थियो । सडक नाटक खेल्न हारुन अली, प्रकाश नेपाली, सुरज नेपाली, सान्नु रम्तेल, लक्ष्मन रम्तेल, शिओन रम्तेल र महिनी बाल्मिकीले खेलेका थिए ।
विश्व दृस्टी विशेषज्ञ दिवस सन् २०२२` मुल नारा दिएर देशका विभिन्न भागमा सडक नाटक देखाउन सो संस्थाले अध्यन प्रदिप जिसीको हस्ताक्षरित विज्ञप्ति प्रकाशित गरिएको थियो । सो विज्ञप्तिको पुर्ण पाठ……….