नेपाल आदिवासी जनजाति महासंघ नेपालगन्जको समिती गठन, भुमण्डल प्रकाश श्रेष्ठ अध्यक्ष

  ।   २०८० कार्तिक २३, बिहीबार २०:५५

नेपालगन्ज । नेपाल आदिवासी जनजाति महासघं नेपालगन्ज नगर समन्वय समिति सर्वसम्मत गठन भएको छ । आदिवासी र जनजातिको हक अधिकार, भाषा तथा संस्कृतिको जर्गेना गर्ने उद्धेश्यका साथ समिति गठन गरिएको हो ।

बिहीवार नेपालगन्जमा सम्पन्न एक भेलाले नेपाल आदिवासी जनजाति महासंघ नेपालगन्ज नगर समन्वय समितिको अध्यक्षमा भुमण्डल प्रकाश श्रेष्ठलाई चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा अमृता राना दर्लामी, उपाध्यक्षमा चिनीमाया लामा, कमल गुरुङ, श्यामती चौधरी, सेकानमान पति, नवलसिहं चुहान मगर र लाक्पा शेर्पा चयन भएको नेपाल मगर संघ बाँकेका अध्यक्ष भुपेन्द्र पुन मगरले जानकारी दिनुभयो ।

त्यसैगरी महासचिवमा अम्बर बहादुर बुढा मगर, उपमहासचिवमा पासाङ शेर्पा, सचिवहरुमा सोम गुरुङ, गणेश लामा, डोमा शेर्पा र लिशार दर्लामी चयन भएको पुन मगरले जानकारी दिनुभयो । कोषाध्यक्षमा लाल बहादुर थापा मगर र सह–कोषाध्यक्षमा पन्चमाया तामाङ चयन भएको उहाँले बताउनुभयो ।

एक उपाध्यक्ष र चार सचिव पछि कार्य समितिले चयन गरिने बताइएको छ । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद बाँकेका अध्यक्ष डम्बर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई विभिन्न जातिगत संस्थाहरुका प्रतिनिधिहरुले कार्यकालको शुभकामना प्रदान गरेका थिए ।

Next Post

आदिवासी जनजाति महासंघ नेपालगन्जको अध्यक्षमा श्रेष्ठ

२०८० कार्तिक २३, बिहीबार २०:५५
नेपालगन्ज । नेपाल आदिवासी जनजाति महासघं नेपालगन्ज नगर समन्वय समिति सर्वसम्मत गठन भएको छ । आदिवासी र जनजातिको हक अधिकार, भाषा तथा संस्कृतिको जर्गेना गर्ने उद्धेश्यका साथ समिति गठन गरिएको हो । बिहीवार नेपालगन्जमा सम्पन्न एक भेलाले नेपाल आदिवासी जनजाति महासंघ नेपालगन्ज नगर समन्वय समितिको अध्यक्षमा भुमण्डल प्रकाश श्रेष्ठलाई चयन […]

सम्बन्धित समाचार