देशभर मतदाता नामावली सङ्कलनको काम स्थगित

  ।   २०७७ पुष ८, बुधबार ०९:००

काठमाण्डौ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको छ ।

आउँदो बैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा भएकाले ७७ वटै जिल्लामा भइरहेको मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको आयोगले जनाएको छ । अद्यावधिक चुनावका लागि तयारी गर्नुपर्ने भएकाले तत्कालका लागि मतदाता नामावली स्थगित गर्नुपरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आयोगले अहिलेसम्म सङ्कलन भएका मतदाता नामावलीलाई अद्यावधिक गरेर मतदाताको सूचीमा समावेश गर्ने जनाएको छ । त्यसका लागि आयोगले प्रक्रिया अघि बढाउने जनाएको छ ।

Next Post

एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने पेलेको रेकर्ड तोडियो, मेस्सीको ६४४ गोल पूरा

२०७७ पुष ८, बुधबार ०९:००
एजेन्सी । यसअघि एकै क्लबका लागि सर्वाधिक गोल गरेर रेकर्ड कायम गरेका फुटबल खेलाडी पेलेको रेकर्ड तोडिएको छ । लियोनल मेस्सीले बार्सिलोनाका लागि ६ सय ४४ गोल पूरा गरेसँगै एउटै क्लबका लागि सबैभन्दा धेरै गोल गर्ने ब्राजिलका खेलाडी पेलेको कीर्तिमान तोडिएको हो । गएराति स्पेनिस ला लिगा अन्तर्गत रियल भालाडोलिडसँगको […]

सम्बन्धित समाचार