एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने पेलेको रेकर्ड तोडियो, मेस्सीको ६४४ गोल पूरा

  ।   २०७७ पुष ८, बुधबार ०९:०३


एजेन्सी । यसअघि एकै क्लबका लागि सर्वाधिक गोल गरेर रेकर्ड कायम गरेका फुटबल खेलाडी पेलेको रेकर्ड तोडिएको छ । लियोनल मेस्सीले बार्सिलोनाका लागि ६ सय ४४ गोल पूरा गरेसँगै एउटै क्लबका लागि सबैभन्दा धेरै गोल गर्ने ब्राजिलका खेलाडी पेलेको कीर्तिमान तोडिएको हो ।

गएराति स्पेनिस ला लिगा अन्तर्गत रियल भालाडोलिडसँगको खेलमा १ गोल गरेसँगै मेस्सीले पेलेको कीर्तिमान तोडेका हुन् । बार्सिलोनाले भालाडोलिडलाई ३–० गोलले पराजित गरेको छ । बार्सिलोनाका लागि क्लेमेन्ट लेङलेट, मार्टिन ब्रेथवेइट र मेस्सीले १–१ गोल गरेका हुन् ।

पेलेले ब्राजिलको सान्तोषबाट १९ सिजन खेल्दा ६४३ गोल गरेका थिए । मेस्सीले बार्सिलोनाको सिनियर टिमबाट १६ सिजनमै यो उपलब्धी हासिल गरेका हुन् । यसबीचमा उनले बार्सिलोनालाई १० पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका छन् ।

जितपछि १४ खेलबाट २४ अंकसहित बार्सिलोना तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । यस्तै गएराति भएको अर्को खेलमा एट्लेटिको मड्रिडले तेस्रो स्थानमा रहेको रियल सोसिडाडलाई २–० ले पराजित गरी शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।

Next Post

कोरोनाविरुद्धको फाइजर–बायोएनटेकको खोप प्रयोग गर्न सदस्य राष्ट्रहरुलाई ईयूको सिफारिस

२०७७ पुष ८, बुधबार ०९:०३
एजेन्सी । युरोपेली सङ्घ (ईयू) को औषधिसम्बन्धी नियामक निकायले आफू मातहतका २७ देशमा फाइजर–बायोएनटेकले बनाएको कोभिड–१९ विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ । ‘युरोपियन मेडिसिन्स एजेन्सी’ (ईएमए)ले संयुक्त राज्य अमेरिका र बेलायतमा प्रयोगमा आइसकेको फाइजर–बायोएनटेकले बनाएको खोप ईयूका ४४ करोड ६० लाख मानिसमा प्रयोग गर्न सशर्त सिफारिस गरेको केही […]

सम्बन्धित शीर्षक