मनसुनमा २ सय ४० प्रतिशतभन्दा बढी पानी पर्‍यो

  ।   २०७७ आश्विन ३, शनिबार १३:०९

काठमाण्डौ । यसपालिको मनसुनमा वार्षिक औसतभन्दा २ सय ४० प्रतिशत बढी पानी परेको छ । कुनै एउटा क्षेत्र विशेषमा दुई सय मिलिमिटरसम्म पानी परेको मौसमविद्को भनाइ छ । मौसमविद्का अनुसार सय मिलिमिटरभन्दा बढी पानी पर्नुलाई बाढी पहिरोको उच्च जोखिम मानिन्छ ।

बाढीरपहिरोबाट ४९ जिल्ला बढी प्रभावित भएका छन् । वैशाखयता विपद्जन्य घटनाबाट ३ सय ७४ जनाको ज्यान गएको छ । अझै सय जनाभन्दा धेरै बेपत्ता रहेका छन् । सबैभन्दा बढी पहिरोले क्षति पुर्याएको छ । पहिरोमा परेर अहिलेसम्म २ सय ७१ जनाको ज्यान गएको छ । बाढीबाट ३९ जनाको ज्यान गएको छ भने चट्याङबाट ६४ जनाले ज्यान गुमाएको तथ्याङ्क छ ।

यसपालि विपद्जन्य घटनाबाट सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको छ । मानवीय क्षति पनि सिन्धुपाल्चोकमा नै धेरै छ । सिन्धुपाल्चोक, पर्वत, म्याग्दी, बाग्लुङ, बझाङ, बाजुरा, कालीकोटलगायत जिल्लामा सम्भावना नै नदेखिएको ठाउँमा पहिरो खसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले यो पटकको मनसुनजन्य विपद्को ९९ औँ दिनमा विगतका तुलनामा धेरै पानी परेकाले विपद्जन्य घटना बढेको र विभिन्न क्षेत्रमा हाँडीबाट घोप्टिएको जसरी एकैठाउँमा ठूलो पानी पर्दा क्षति बढी भएको बताउनुभयो ।

उहाँले पूर्व सूचना प्रणालीलाई व्यवस्थित गर्ने र पूर्व तयारीका कार्यक्रमलाई प्रभावकारी बनाउन प्राधिकरण गम्भीर रहेको र आउँदो दिनमा अझै प्रभावकारी बाउँदै लैजाने समेत बताउनुभएको छ । यो वर्षको मनसुन अझै केही दिन लम्बिने भएको छ । मनसुन सामान्यतया सेप्टेम्बर २३ मा बाहिरिने भए पनि यसपालि १०र१५ दिन ढिला गरी बाहिरिने सङ्केत देखिएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । यसपालि गएको जेठ ३० गते मनसुन भित्रिएको थियो ।

Next Post

अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध

२०७७ आश्विन ३, शनिबार १३:०९
एजेन्सी । अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ । त्यहाँको वाणिज्य मन्त्रालयले आउँदो २४ घण्टामा यी दुवै एप यूएस एप स्टोरबाट हटाउने र त्यसपछि यसलाई डाउनलोड गर्न नपाउने उल्लेख गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा कुनै सम्झौता नगरेमा अमेरिकी एप स्टोरमा टिकटक र विच्याट […]