ठेकेदार मिश्राको ज्यादती सहन्नौ भन्दै विद्युतका लागी आन्दोलन गर्ने घोषणा

हामीलाई बत्ती चाहियो भन्दै अदालतमा धर्ना देखि चक्काजामका कार्यक्रम सार्वजनिक

  ।   २०७७ आश्विन २०, मंगलवार २१:३९

सुर्य प्रसाद धिताल

नेपालगन्ज । विद्युत विस्तारमा फेरी बाधा अड्चन गरेपछि राप्ती सोनारी र नरैनापुरका स्थानीय बासिन्दाहरु आन्दोलन उत्रिएका छन् । स्थानीयहरुले मंगलबार बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन । १ सय ५० बढिको संख्यामा आएका स्थानीय बासिन्दा तथा विभिन्न पार्टीका नेता कार्यकर्ताहरुले प्रजिअ समक्ष आक्रोस पोख्दै सरकारी कार्यालय घेराउ देखि राजमार्ग बन्द गर्ने सम्मका आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

संविधान सभा सदस्य पट्टु थारुको संयोजकत्वमा गठन भएको संघर्ष समितिले मंगलबार प्रजिअ संगै क्षेत्रिय विद्युत प्राधिकरण, सबै राजनीतिक दलका कार्यालय तथा सम्वन्धीत सरोकारवाला निकायमा पनि ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै प्रजिअ रामबहादुर कुरुवाङले यस बिषयमा आफु निकै सकारात्मक रहेको र प्र.जि अको हैसियतले सम्मानित अदालतलाई विद्युत विस्तारको पक्षमा जवाफ दिएको बताउनु भयो । ज्ञापन पत्र बु्झाउन आएको टोलीलाई सान्त्वना दिदै संघर्षका कार्यक्रम नगर्ने गरि तपाईहरुको माग सम्वोधन हुने समेत प्रजिअ कुरुम्बाङले उल्लेख गर्नु भयो ।

कोहलपुरबाट धामपुरको सब स्टेशन सम्म ३३ केभीको मुख्य लाइन गएपनि गाउँ गाउँमा वितरण भने हुन सकेको छैन । विद्युत प्राधिकरणले अड्किएको कामलाई अगाडी बढाउन खोज्दा गौरी पार्वती उष्मा जे.भीका प्रमुख ठेकेदार राजेन्द्र मिश्रले उच्च अदालत नेपालगन्जमा मुद्धा दर्ता गराएपछि स्थानीयहरु झनै आक्रोशित बनेका हुन । उनीहरुले यहि २२ गते दिउँसो १बजे बजेदेखि २ बजे सम्म पुुर्व पश्चिम राजमार्गको अगैयामा चक्काजाम गर्ने, २३ गते नेपालगन्जको सम्मानित उच्च अदालत बाहिर धर्ना दिने उल्लेख गरेका छन् । सुनुवाई नभएको खण्डमा पुर्वपश्चिम राजमार्गको अगैयामा अनिश्चिकालिन चक्काजाम गर्ने समेत जनाएका छन् । अहिले पनि राप्ती सोनारी वडा न. ३, ४ वडाका गरि २३ गाउँ अझै पुर्ण रुपमा विद्युत पुगेको छैन भने वडा नम्बर ५ का केहि गाउँ र नरैनापुर गाउँपालिकाको ५ वटा भन्दा बढि वडामा विद्युत विस्तार हुन बाँकि नै छ ।

२०६४ सालमा ४६ करोड लागतमा ३३ केभी लाइन विस्तारका लागि टेण्डर भएको भएपनि कामको जिम्मा पाएको गौरी पार्वती उष्मा जे.भीले १४ बर्ष सम्म काम नगरेपछि विद्युत विस्तार हुन सकेको थिएन । नेपालगन्ज हुँदै फत्तेपुर सम्म विस्तार भएको लाईन जोडेर राप्ती सोनारीका वडा न. ५ का केहि गाउँमा भने विद्युत पुगेको छ । यस विषयमा संघिय सांसद महेश्वर गहतराज अथकले पनि सोमबार पत्रकार सम्मेलन गरेर तत्काल विद्युत विस्तारको काम हुनुपर्ने माग राख्नु भयो ।

Next Post

आज बाँकेबाट ३६ जना डिस्चार्ज हुँदै

२०७७ आश्विन २०, मंगलवार २१:३९
नेपालगन्ज । बाँकेका विभिन्न आइसोलेसनबाट ३६ जना कोरोना संक्रमित निकोभएर डिस्चार्ज हुँदै छन् । आज बुधबार ११ जना महिला र २५ जना पुरुष डिस्चार्ज हुन लागेका हुन । स्वास्थ्य फोकल पर्शन नरेशबाबु श्रेष्ठका अनुसार २ हजार १ सय ८६ जना संक्रमित मध्य १ हजार ७ सय ९ जना डिस्चार्ज भएर […]