भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्की, विमानस्थलमा सुरक्षा बढाइयो

  ।   २०७८ श्रावण २४, आईतवार १८:१३

एजेन्सी । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्की आएको छ ।

धम्कीपछि विमानस्थलमा सुरक्षा बढाइएको छ । एक अधिकारीका अनुसार अल कायदा सरगनाको नामबाट धम्कीसहितको इमेल प्राप्त भएको हो ।

एयरपोर्ट अपरेसन कन्ट्रोलले शनिबार यसबारे जानकारी दिएको थियो । करणवीर सूरी उर्फ मोहम्मद जलाल र उनकी पत्नी शैली शारा उर्फ हसीना आइतबार सिंगापुरबाट भारत आइरहेका छन् ।

उनीहरु १ देखि ३ दिनमा विमानस्थलमा बम लगाउने तयारीमा छन् । डिआइजीका अनुसार हालै यिनै नाम र डिटेलसहित यस्तै धम्कीसहित सन्देश आएको थियो । यसलाई बम थ्रेट एसेस्मेन्ट कमिटीले नन स्पेसिफिक बताएको थियो ।

सेक्यूरिटी अपरेसन सेन्टरले सबै सम्बन्धी एजेन्सीलाई यसबारे जानकारी गराइसकेको छ । साथै आफ्नो स्टाफलाई अलर्टमा राखेको छ । जाँचमा कडाइ गर्नुका साथै पेट्रोलिङ पनि बढाइएको छ । यसअघि अप्रिल १८ मा दिल्ली विमानस्थलमा एक विमानलाई बमले उडाउने धम्की प्राप्त भएको थियो ।

त्यतिबेला बैङ्गलुरुदेखि दिल्ली आउने विमान एक यात्रुले उक्त पर्चा भेटेका थिए । जसमा विमानमा बम भएको लेखिएको थियो । त्यस्तै, दिल्ली पुग्ने बित्तिकै विमानमा विस्फोट हुने उल्लेख थियो । विमान दिल्ली पुग्ने बित्तिकै बम डिस्पोजल स्क्वाडले जाँच गरे पनि बम फेला परेन । २० जुलाईदेखि राजधानीमा हाई अलर्ट जारी छ ।

जासुसी एजेन्सीहरुले १५ अगस्तअघि ड्रोनको माध्यमबाट आतङ्कवादी हमला हुन सक्ने बताएका छन् ।

Next Post

कस्तो भयो बारबर्दिया र राजापुर नगरपालिकामा परियोजनाको समिक्षा तथा समापन बैठक

२०७८ श्रावण २४, आईतवार १८:१३
नेपालगञ्ज । बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लाको बारबर्दिया र राजापुर नगरपालिकामा सञ्चालन गरिएको आकस्मिक प्रतिक्रिया तथा प्रारम्भिक पुनर्लाभ कोष परियोजनाको समिक्षा तथा समापन बैठक सम्पन्न गरिएको छ ।क्लबले प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बारबर्दिया तथा राजापुर नगरपालिकामा सञ्चालन गरेको सो परियोजनाको दुबै नगरपालिकामा आयोजना गरिएको समिक्षा तथा समापन बैठकमा परियोजना उत्कृष्ठ […]