भारतमा पब्जीसहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध

  ।   २०७७ भाद्र १८, बिहीबार ०७:१३

काठमाडौँ । भारतले पब्जीसहित १ सय १८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको छ । लद्दाखमा केही दिनयता भारत र चीनबीच तनाव सुरु भएपछि भारतको सूचना तथा प्रविधि मन्त्रालयले थप एक सयभन्दा बढी एप्सहरुमाथि प्रतिबन्ध लगाएको हो ।

भारतले यसअघि जुनमा सुरक्षाको कारण देखाउँदै टिकटक,यूसी ब्राउजर,वी च्याट लगायत ५९ वटा मोबाइल एप्समाथि प्रतिबन्ध लगाएको थियो ।

पूर्वी लद्दाखमा दुवै मुलुकबीच पुनःविवाद हुन थालेपछि भारतले डाटा सुरक्षाको कारण देखाउँदै प्रतिबन्ध लगाइएको भारतको सूचना तथा प्रविधि मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिबन्ध लगाइएका एप्सहरुले आफ्नो मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र भारतको सुरक्षामाथि खतरा भएको मन्त्रालयले जनाएको छ ।

मोबाइल फोन र मोबाइल एपको निकै ठूलो बजार मानिने भारतमा चिनियाँ फोन र एपहरुको प्रयोग निकै ठूलो मात्रामा हुने गरेको छ ।

मोबाइल एपका माध्यमबाट चीनले सूचना संकलन गर्ने भन्दै यिनलाई प्रतिबन्ध लगाउनु पर्ने बहस भारतमा चल्दै आएको छ । कान्तिपुर

Next Post

समाजसेवी पौडेल द्वारा पुरोहितलाई मास्क वितरण

२०७७ भाद्र १८, बिहीबार ०७:१३
नेपालगन्ज । हिन्दु धर्मावलम्बीको सोह्र श्राद्ध शुरु भए संगै बरिष्ठ समाजसेवी तारा पौडेलले आफ्नो आमाको पुण्य तिथिको अवसरमा पशुपतिका पुरोहितहरुलाइ माक्स वितरण गर्नु भएको छ । भरतपुर महानगरपालिका-१० चितवनमा बसोबास गर्दै आउनुभएका पौडेलले लामो समय देखि सामाजिक सेवा गर्दै आउनु भएको छ । ठोरी केरुङ लोकमार्ग निर्माण अभियानका संयोजक समेत […]