हरित अभियान्ता हेमन्तलाई  कन्जरभेसन अवार्ड २०२१ले सम्मानित

  ।   २०७८ जेष्ठ ५, बुधबार १६:०५

नेपालगन्ज । विश्व वन्यजन्तु कोष (WWF) नेपालद्धारा हरेक वर्ष वन्य जन्तु तथा बाताबरण संरक्षणमा उत्कृष्ट कार्य गरेवापत  व्यक्ति विशेष वा समुहलाई प्रदान गरिने  “अब्राहम कन्जरभेसन अवार्ड २०२१
पचास हजार नगद रासी  सहित  नेपालगन्ज-१९ का  हरित अभियन्ता हेमन्त राज काफलेले पाउनु भएको छ ।
बातावरण संरक्षणमा रुची राख्ने  साथीभाईको जन्मदिन थाहा पाउने वित्तिकै घरमै पुगेर विरुवा उपहार दिने  ।  आफ्नो हरित सोच  साकार पार्न साथीभाईलाई निशुल्क रुपमा विरुवा उपहार दिने काम कफ्लेले गर्नु हुन्छ । उहाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व मन्त्री लालबाबु पण्डित, मन्त्री योगेश भट्टराई, सांसद एवम् गायिका कोमल ओली, नायक राजेश हमाल, डाक्टर  महावीर पुन, विक्रम पाण्डे , कर्ण साक्य , बरिस्ठ गितकार राजेन्द्र थापा लगायतलाई निम , जामुन, अमला र सितल चिनीको विरुवा उपहार दिइसक्नु भएको छ । उहाले रुख प्रती सबैको माया बढोस भनेर यसरी बिरुवा दिने गरेको  बताउनु भयो । नयाँ कोहि कसैलाई भेटे बिरुवा उपहार दिने बानी काफ्लेको छ । काफ्लेले देशका नाम चलेका ब्यक्तिदेखि सामान्य किसान सम्म बिरुवा उपहार दिनु भएको छ । नेपालगन्जका चिकित्सक, वकिल, प्राध्यापक, पत्रकार, नागरिक समाजका अगुवा, सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी समेत लाई हरित अभियान्ता काफ्लेले दिइसक्नु भएको छ । उहाले सरकारी कार्यलयहरुमा आफै गैइ  बिरुवा लगाउने देखि  जिल्लामा जो कोहि नया सिडियो आउना साथ बिरुवाले स्वागत गर्ने बानी काफ्लेको छ ।उहाले बन्जर जमिनमा बिरुवा लगाउनु पर्छ भनेर किसानलाई प्रेरणा दिनुका साथै कुन बिरुवा लगाउने भनेर सल्लाह पनि दिने गर्नु हुन्छ ।

उहाले उपहार दिएका विरुवा हुर्केर ठूला भइसकेका छन् भने आफै अनुगमन पनि गर्नु हुन्छ । काफ्लेले विरुवा उपहार दिएर नेपालगन्जलाई हरियाली बनाउने अभियान मात्र थाल्नु भएको छैन, उहाले घर आगन र करेसाबारीमा रुख रोप्नु पर्छ भन्ने चेतना पनि जगाउनु भएको छ । काफ्ले भन्नु हुन्छ, ‘मैले विरुवा उपहार दिएर रुख रोप्ने प्रेरणा मात्र दिएको छैन, रुख रोपेपछि बातावरण सफा हुन्छ भन्ने सन्देश पनि दिएको छु । मेरो प्रेरणाले नेपालगन्ज लगायत देशका अन्य सहरमा ६० हजार विरुवा रोपिएका छन ।`
उहाले जन्मदिन, बैबाहिक बर्षगाँठ, ब्रतबन्ध र विभिन्न चाडपर्वको अवसर पारेर निम, जामुन सितलचिनी, कोइराल, अगस्त र कागतीका बिरुवा उपहार दिने गर्नु भएको छ । उहाले थप्नु भयो ‘पहिलो चरणमा विरुवा किनेर उपहार दिनु दिन्थे । अहिले आफ्नै करेसाबारी वा नर्सरी नि छ सुबन नर्सरी पुर्ब रेन्जर बुद्दिबल श्रेष्ठ सङ्ग मिलेर खोलेका छौँ । विरुवा उत्पादन गरि वितरण गर्छु,’ ।

जिल्ला बन कार्यालय, जिल्ला बनस्पती कार्यालय सँग समन्वय गरेर उहाले विरुवा ल्याउने गर्नु हुन्छ । तर, त्यतिले नपुग्ने भएपछि उहाले आफ्नै घरमा सितलचिनी, निम, कोइराल लगायतका विरुवा उत्पादन गर्न थाल्नु भएको छ । शिक्षण पेशामा संलग्न उहाँ फुर्सदको समयमा विरुवा उत्पादन गर्नु हुन्छ । ‘विरुवा उपहार दिन पाउँदा मलाई स्वर्गिय अनुभूति हुन्छ,’ उहाले भन्नु भयो, ‘हरेक दिनजसो विरुवा उपहार  दिएकै हुन्छु ।’

उहाले उपहार दिने विरुवाले वातावरण संरक्षणमा टेवामात्र दिँदैनन् रोग निवारणका लागि समेत उपयोगी छन् । उहाले सितलचिनीको रुखको पात, जरा, बोक्रा, फलले तीन सय वटा रोगमा काम लाग्ने बताए । ‘मैले दिने विरुवा बहुउपयोगी छन्,’ उहाले ठोकुवा गर्नु भयो । उहाले  समरस्ता इन्टरनेश्नल अवार्ड, भारत , ग्रिन युथ अवार्ड कायुन्सिल अफ पिस  युक्रेन । त्यसैगरि, बन-पैदवारको राष्ट्रिय सम्मेलनमा बन मन्त्री बिक्रम पाण्डे बाट  हरित अभियन्ता राष्ट्रिय सम्मान र बास ब्राइट्ल्याण्ड अवार्डबाट पनि सम्मानित हुनु भएको छ । ‘हरित अभियानमा लागेकै कारण मैले विभिन्न सम्मान र पुरस्कार पाएको छु` उहाले गर्व गर्दै बताउनु भयो ।
जन्म, विवाह, ब्रतवन्ध र बैवाहिक बर्षगाँठको अवसरमा विरुवा उपहार दिँदा उहालाई रुख बाड्ने पागलको संज्ञा पनि  दिइन्थ्यो । तर उहाले हिम्मत हार्नु भएन । अहिले उहाको परिचय फेरिएको छ । उहाँ अहिले मोरिङ्गा बाबा उपनामले चिनिन थाल्नु भएको छ ।  धेरैले हरित अभियन्ता र मोरिङ्गा बाबा भनेर चिन्ने गरेका छन् ।
उहाँ 8 Billion  Trees नामक अन्तर्राष्ट्रिय संस्थाको नेपाल रिप्रीजेन्टिभ  पनि हुनुहुन्छ । climate interactive का नेपाल स्थित एम्बस्डर पनि हुनुभएको छ । बातावरण प्रति उहाको मोहमा धेरैले साथ दिएका छन्  आज उहाको यो  योगदान को कदर गर्दै विश्व वन्यजन्तु कोष (WWF) हरेक बर्ष दिईने अवार्ड पाउनु भएको छ । उत्कृष्ट कार्य गरेवापत  व्यक्ति विशेष वा समुहलाई प्रदान गरिने  “अब्राहम कन्जरभेसन अवार्ड २०२१ हात पार्न काफ्ले सफल हुनु भएको छ ।

Next Post

महामारीमा अभिभावक गुमाएका ७ जना बालबालिकालाई युनेस्कोको सहयोग

२०७८ जेष्ठ ५, बुधबार १६:०५
नेपालगन्ज । कोरोना भाइरसको संक्रमणका कारण अभिभावक गुमाई समस्यामा परेका बर्दिया जिल्लाका बालबालिकालाई बाँके युनेस्को क्लबले सहयोग गरेको छ । प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बाल संरक्षण परियोजना अन्तर्गत बर्दिया गुलरिया नगरपालिकाका महामारीमा अभिभावक गुमाएका ७ जना बालबालिकालाई खाद्यान्न लगायतका सहयोग उपलब्ध गराईएको क्लबका संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । […]

सम्बन्धित शीर्षक