जुम्ला धिताल लिहीको एक घरमा आगलागी हुँदा लाखौंको क्षति

  ।   २०८० माघ २५, बिहीबार २२:५१

जुम्ला । सिँजा गाउँपालिका वडा नम्बर ३ धिताललिही मा विद्युतको तार सट भएर एक घरमा आगलागी भएको छ । सानी ९नानी० खोला लघुजविद्युत आयोजनाबाट ल्याएको तार घरमा सट भएर आगलागी भएको हो ।

काठ, ढुङ्गा , सिमेटले बनेको तीन तलाको १५ कोठे घरमा आगलागी भएर ८ कोठा जलेको प्रहरी चौकी नराकोटले जनाएको छ । घरको बाहिरी भाग हेर्दा जलेको नदेखिएपनि भित्र जलेको देखिन्छ ।

कम्मल ९, गलैँचा ९, राडी ६, लिउ २, पछौरी सल १६, तामा गाग्राी १२, धान ७ बोरा, गहुँ ५ बोरा, कोदो ३ बोरो, जौँ २ बोरा, सिमी ३ बोरो, चामल २ बोरा, विज २ वटा, तिलहरी १ सिक्री १ मंगलसुत्र १, रिङ्ग १, र चाँदिका वाला १ जोरा जलेको घर मालिक सन्तके रोकायाले जानकारी दिनु भयो । उहाँका अनुसार घर भित्र भएको भाँडाकुँडा, अन्न र लत्ताकपडा जलेर नष्ट भएको छ ।

बेलुका ५ बजेतिर भएको आगलागी लगभग साढे ६ बजेसम्म नियन्त्रणमा लिन नसकेको स्थानीयले बताएका थिए । स्थानीयको सूचना पाएपछि प्रहरी आगलागी स्थलमा पुगेको थियो भने प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

प्रहरी चौकीका इन्चार्ज बिष्नु श्रेष्ठका अनुसार आगलागीबाट भएको क्षतिको पूरा विवरण आउन बाँकि छ ।

Next Post

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाइने

२०८० माघ २५, बिहीबार २२:५१
काठमाडौँ, । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । बैठकले आगामी फागुन ६ […]

सम्बन्धित समाचार