एजेन्सी । युरोपको औषधि नियामक कम्पनीले एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोपका कारण बालबालिकामा घियनब्यारे सिंड्रोम हुन सक्ने जनाएको छ ।
युरोपियन मेडिसिन एजेन्सी (ईएमए)ले एस्ट्राजेनेकाले उत्पादन गरेको खोपका कारण बालबालिकामा घियनब्यारे सिंड्रोमको खतरा रहेको जनाएको बीबीसीको खबरमा उल्लेख छ । घियनब्यारे सिन्ड्रोम एक प्रकारको दुर्लभ बिमारी हो । यो रोगका कारण बालबालिकामा हातखुट्टा सुन्निने, कमजोरी हुने र दुख्ने समस्या हुन्छ । तर खोप लगाइसकेपछि साइड इफेक्टका रुपमा देखिने यो समस्या एकदमै कम हुन सक्ने कम्पनीले जनाएको छ ।
एस्ट्राजेनेकाको खोप लगाएका दश हजार जनामध्ये एक जनामा मात्र यस्तो समस्या देखिन सक्ने खबरमा उल्लेख गरिएको छ । अहिले विश्वका कतिपय देशमा बालबालिकामा समेत कोरोना भाइरसको खोप लगाउन सुरु गरिएको छ । भने कतिपय कम्पनीका खोपहरु अहिले परीक्षणका रुपमा रहेका छन् ।