नेपालगन्ज । हिन्दु धर्मावलम्बीको सोह्र श्राद्ध शुरु भए संगै बरिष्ठ समाजसेवी तारा पौडेलले आफ्नो आमाको पुण्य तिथिको अवसरमा पशुपतिका पुरोहितहरुलाइ माक्स वितरण गर्नु भएको छ ।
भरतपुर महानगरपालिका-१० चितवनमा बसोबास गर्दै आउनुभएका पौडेलले लामो समय देखि सामाजिक सेवा गर्दै आउनु भएको छ । ठोरी केरुङ लोकमार्ग निर्माण अभियानका संयोजक समेत रहनु भएका पौडेलले १६ श्राद्धको समयमा पुरोहितहरुलाई माक्स वितरण गरेर कोरोना महामारीको सामना गर्न राहत स्वरु माक्स वितरण गरेको बताउनु भयो ।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष हिजो बुधबार देखि शुरु भएको हो । आजबाट १६ दिनसम्म पितृकर्म गर्ने प्रचलन छ । हिजोबाटै १६ दिनसम्म सात पुस्तालाई तर्पण दिई पूजा गर्ने गरिन्छ ।
मृत पितृको मृत्यु तिथिमा श्राद्ध गरिन्छ । पूर्णिमाबाट शुरु भई औंशीसम्म सोह्रश्राद्ध सम्पन्न हुन्छ । यीमध्ये जुनसुकै दिनमा पर्ने तिथिमा आफ्ना मृत पितृको मृत्यु तिथि पारेर श्राद्ध गरिने प्रचलन रहँदै आएको छ ।