हुलाकबाट द्रुत हवाई डांक सेवा सञ्चालन, प्रापकको हातमा २४ घण्टाभित्रमै डकुमेन्ट पुग्ने

  ।   २०७८ मंसिर १५, बुधबार १८:३०

संवाददाता, नेपालगंज

हुलाक सेवा विभागले आजदेखी द्रुत हवाई डांक सेवाको शुरुवात गरेको छ । सेवाग्राहीको माग अनुसार हुलाक सेवालाई छिटोछरितो र प्रभावकारी बनाउन द्रुत हवाई डांक सेवाको शुरुवात गरिएको हो ।

यो सेवा काठमाण्डौबाट बिराटनगर, जनकपुर, पोखरा, भैरहवा, नेपालगंज, धनगढी तथा नेपालगजबाट जुम्ला, हुम्ला, मुगु तथा डोल्पा जिल्लामा हवाई मार्ग मार्फत दु्रत डांक सेवा दिइनेछ ।

यसका लागी हुलाक विभागले श्री एयरलाइन्स र समिट एयरलाईन्ससंग डांक ढुवानी सम्झौता गरेको छ ।

हवाई दु्रत डांक सेवा अन्तरगत जिल्ला हुलाक कार्यालय बाँकेको काउन्टरमा प्रत्येक दिन दिँउसो १ बजे सम्म दु्रत डांक सेवाका डकुमेन्ट दर्ता गर्ने र उक्त डकुमेन्ट सोही दिन ४ बजे श्री एयरलाइन्स मार्फत काठमाण्डौ पुर्याएर सोही दिन गोश्वारा हुलाकको सवारी साधनबाट संकलन गरी २४ घण्टा भित्र प्रापक सेवाग्राहीको हातसम्म पुग्ने गरी छिटो छरितो तथा भरपर्दो संकलन, ढुवानी तथा वितरणको व्यवस्था मिलाईएको हुलाक अधिकृत गोविन्द प्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।

हवाई दु्रत डांक सेवा मार्फत चिट्ठीपत्रका साथै अन्य सामाग्री समेत पठाउन सकिने छ । यसरी दर्ता भएका बस्तुहरु हुलाक सेवाको सवारी मार्फत प्रापकको ठेगाना सम्म छिटो छरितो होम डेलिभरीको व्यबस्था गरिएको छ ।

हुलाकको सेवालाई व्यवसायिकरण तथा विविधिकरण गर्दै प्रभावकारी बनाउन आउँदा दिनमा यो सेवालाई सबै जिल्लामा विस्तार गरिनुका साथै छिमेकी मुलुक भारत तथा जापानमा जस्तै नेपालमा पनि पोष्टर कमर्सियल सेवाहरु संचालन गर्ने तयारी भई रहेको हुलाक अधिकृत पाण्डेको भनाई छ ।

Next Post

कोरोनाका कारण परीक्षा छुटेका कक्षा १२ का विद्यार्थीको परीक्षा आज

२०७८ मंसिर १५, बुधबार १८:३०
काठमाण्डौ । कोरोना सङ्क्रमणका कारण परीक्षा गुमाएका कक्षा १२ का विद्यार्थीका लागि आज परीक्षा हुँदैछ । कक्षा १२ को परीक्षा गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म भएको थियो । तर, त्यति बेला कोभिड- १९ को सङ्क्रमण भएकाले परीक्षा दिन पाएका थिएनन् र राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार […]