कोरोनाका कारण परीक्षा छुटेका कक्षा १२ का विद्यार्थीको परीक्षा आज

  ।   २०७८ मंसिर १६, बिहीबार ०७:०९

काठमाण्डौ । कोरोना सङ्क्रमणका कारण परीक्षा गुमाएका कक्षा १२ का विद्यार्थीका लागि आज परीक्षा हुँदैछ ।

कक्षा १२ को परीक्षा गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म भएको थियो । तर, त्यति बेला कोभिड- १९ को सङ्क्रमण भएकाले परीक्षा दिन पाएका थिएनन् र राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षार्थी रहेका जिल्लाबाटै उनीहरुलाई परीक्षामा सहभागी हुने अवसर दिइनेछ ।

शर्माका अनुसार यस्ता परीक्षार्थी देशभर ४१ जना छन् । उनीहरुको परीक्षाको नतिजा भने अन्य परीक्षार्थीको भन्दा ढिलो हुनेछ । तर उनीहरुलाई पनि अन्य सरह यसै वर्ष स्नातक अध्ययनको अवसर दिइनेछ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा आउँदो २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

कोभिड- १९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी थिए । – उज्यालोअनलाइन

Next Post

पाँचवटा प्रदेशका उच्च पहाड र हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपात हुने

२०७८ मंसिर १६, बिहीबार ०७:०९
काठमाडौं । देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने भएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छन् । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना […]