कक्षा–१२ को परीक्षा वैशाख २६ गतेदेखि सुरु हुने

  ।   २०७९ फाल्गुन २१, आईतवार १७:०८

संवाददाता ।

कक्षा–१२ को परीक्षा आगामी वैशाख २६ गतेदेखि सुरु हुने भएको छ । आज राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले २०८० सालमा सञ्चालन गरिने कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा तालिका सार्वजनिक भएको हो ।

परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी हुनेछ । परीक्षा समय बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म तोकिएको छ । तालिका अनुसार जेठ ५ गते परीक्षा सकिनेछ ।

परीक्षाको समयतालिका हेर्न यो लिंक खोल्नुहोस ।

Exam Schedule

Next Post

प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिटमा के छ ? (पूर्णपाठ) सहित हेर्नुहोस ।

२०७९ फाल्गुन २१, आईतवार १७:०८
संवाददाता, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा दर्ता भएको रिटमाथिको पेसी बिहीबारका लागि तोकिएको छ । दाहालसहित नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सत्य निरूपण तथा मेलमिलाप आयोग तथा नेपाल […]

सम्बन्धित शीर्षक