राजापुरमा प्लानका साझेदार संस्थाद्धारा समिक्षा तथा भावि कार्यक्रम बारे जानकारी  

  ।   २०७८ भाद्र १, मंगलवार १४:०२

समाचारदाता

नेपालगञ्ज, . बर्दियाको राजापुर नगरपालिकामा प्लान इन्टरनेसनल नेपालको सहयोगमा कार्यक्रम सञ्चालन गर्ने बाँके युनेस्को क्लब लगायत विभिन्न साझेदार संस्थाहरुको बार्षिक समिक्षा बैठक तथा आगामी कार्यक्रमबारे जानकारी गराउन समन्वय बैठक सम्पन्न गरिएको छ ।

सो बैठकमा बाँके युनेस्को क्लब, गेरुवा, बी ग्रुप, स्याक नेपाल, साथी र थारु महिला उत्थान केन्द्र लगायतका साझेदार संस्थाहरुले सञ्चालन गरेको कार्यक्रमको समिक्षा गर्नुका साथै चालु आर्थिक वर्षमा गरिने कार्यक्रम र बजेट बारे जानकारी गराएका थिए ।बाँके युनेस्को क्लबद्धारा प्लानको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजनाको बार्षिक समिक्षा तथा नयाँ आर्थिक वर्षको कार्यक्रम बारे बजेट सहितको विवरण प्रस्तुत गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले सो बैठकमा क्लबले सञ्चालन गरेका कार्यक्रमहरु सफलतापुर्वक समयमै पुरा गरिएकोमा आभार व्यक्त गर्दै भविष्यमा पनि कार्यक्रमहरु बढी भन्दा बढी सञ्चालन गर्न आग्रह गरिएको बताउनुभयो । बैठकमा राजापुर नगरपालिकाका उपमेयर मनकला कुमारी चौधरीले क्लबले बालविवाह रोकथाम र बाल अधिकार तथा संरक्षणका विषयमा उल्लेख्य कार्यक्रम र गतिविधिहरु गरेको बताउनुभयो । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगाना र नगरपालिकाको सम्पुर्ण टीमको सहभागिता रहेको थियो । उहाँहरुले पनि बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजनाले राजापुरमा प्रभावकारी काम गरेको बताउनु भएको थियो ।नयाँ आर्थिक वर्षको कार्यक्रम र बजेट बारे बाँके युनेस्को क्लबका अनुगमन तथा मुल्यांकन अधिकृत शान्त चौधरीले विवरण प्रस्तुत गर्नु भएको थियो । सोही प्रकारले प्लान नेपालका अन्य साझेदार संस्थाहरु गेरुवा, बी ग्रुप, स्याक नेपाल, साथी र थारु महिला उत्थान केन्द्रका कार्यक्रमहरुको पनि समिक्षाका गर्नुका साथै नयाँ आर्थिक वर्षको कार्यक्रम बारे संस्थाका प्रतिनिधिहरुले विवरण प्रस्तुत गरेका थिए ।

Next Post

फेसबुकमा तालिबान र उक्त लडाकु समूहलाई समर्थन गर्ने सबै सामाग्रीमाथि प्रतिबन्ध

२०७८ भाद्र १, मंगलवार १४:०२
संवाददाता । फेसबुकले तालिबान र उक्त लडाकु समूहलाई समर्थन गर्ने सबै सामाग्रीमाथि प्रतिबन्ध लगाएको बताएको छ । तालिबानलाई आफूले आतङ्कवादी संस्था मानेका कारण त्यस्तो गरिएको फेसबुकको भनाइ छ । फेसबुकले तालिबानसँग सम्बन्धित सामाग्री पहिचान गर्न र हटाउन अफगान विज्ञहरूको समूह बनाएको बताएको छ । तालिबानले वर्षौँदेखि सामाजिक सञ्जाल प्रयोग गरेर […]