इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलको सानदार सुरुवात

  ।   २०७७ भाद्र २८, आईतवार ०७:१३

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले नयाँ प्रवेश गरेको टिम लिड्स युनाइटेडलाई ४( ३ गोलले हराएको छ । लिभरपुलको जितका लागि मोहम्मद सलाहले ह्याट्रिक गरेका हुन ।

यस्तै भिर्गिल भान डाइकले एक गोल गरे । लिड्सका ज्याक ह्यारिसन,प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एकरएक गोल फर्काए । लिभरपुलका मोहमद सलाहको प्रहार डिफेन्डर रोबिन कक्को हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिए । सलाहले सहजै पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अघि बढाए ।

तर लिड्सले १२ औं मिनेटमा नै खेल बराबरीमा ल्यायो । काल्भिन फिलिप्सको पासलाई ज्याक ह्यारिसनले गोल गर्दै बराबरीमा पुर्याए । लिभरपुलले २० औं मिनेटमा नै अग्रता बनायो । एन्ड्रयु रोबर्टसनको कर्नरमा भर्जिल भान डाइकको हेडर किप्पर इयान मेइलरले बचाउन सकेनन् । तर ३० औं मिनेटमा भान डाइककै गल्तीमा लिड्सकस बामफर्डले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

त्यसको तीन मिनेटमै लिभरपुलले फेरि खेलमा अग्रता लियो । मोहमद सलाहले फेरि गोल गरे । खेलको ८७ औं मिनेटमा लिभरपुलले चौथो पटक अग्रता लिने अवसर पायो । लिड्सका रोड्रीगो मोरेनोले फाबिन्होलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिए । सलाहले ह्याट्रिक पूरा गर्ने क्रममा पेनाल्टीमा गोल गर्दै जित पक्का गरे । उज्यालो अनलाइन

Next Post

सुल्झियो नेकपा विवाद : अध्यक्षद्वयको स्पष्ट कार्यविभाजन

२०७७ भाद्र २८, आईतवार ०७:१३
  काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटीको बैठकमा छताछुल्ल भएको आन्तरिक विवाद अन्ततः त्यही कमिटीको बैठकबाट अन्त्य भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पन्न स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको […]

सम्बन्धित समाचार