बामदेव गौतमको नयाँ राजनीतिक दल

  ।   २०७९ असार १४, मंगलवार १७:३७

संवाददाता ।

बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गर्नुभएको छ । गौतमले आज दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गर्नुभएको हो ।

नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहनुभएका गौतमले आफू पक्षधरको भेला गर्दै आउनुभएको थियो । नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहनुभएका उहाँ पनि एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्नुभएको हो ।

गौतम नेकपा एमालेका पूर्वउपाध्यक्ष हुनुहुन्थ्यो । गौतमले आफ्नै संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान दल घोषणा गर्नुभएको हो ।

७५ सदस्यीय केन्द्रीय सदस्य दलको संयोजकमा स्वयम् वामदेव गौतम हुनुहुन्छ भने सचिवमा डीबी कार्की रहनुभएको छ ।

गौतमको नेकपा एकता राष्ट्रिय अभियान दलमा समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह पनि एकीकरण भएका छन् ।

वामदेवले नयाँ पार्टीमा श्रीमती तुलसा थापा र छोरा हरिसदेव गौतमलाई पनि केन्द्रीय सदस्यमा नियुक्त गर्नुभएको छ । तुलसा थापा अहिले पनि नेकपा एमालेको तर्फबाट सांसद हुनुहुन्छ ।

#बामदेव_गौतम

Next Post

बाँके र बर्दियाका तीन पालिकालाई १५ लाखको उद्धार सामाग्री हस्तान्तरण

२०७९ असार १४, मंगलवार १७:३७
  नेपालगञ्ज । बाढी र डुबानको उच्च जोखिममा रहेका बाँके र बर्दियाका तीनवटा पालिकालाई विपद व्यवस्थापनका लागि अति आवश्यक पर्ने उद्धार सामाग्रीहरु हस्तान्तरण गरिएको छ । बाँकेको खजुरा गाउँपालिका तथा बर्दियाको राजापुर र बारबर्दिया नगरपालिकालाई विपद व्यवस्थापनका लागि १५ लाख बराबरको उद्धार सामाग्रीहरु हस्तान्तरण गरिएको छ । दुबै जिल्लाका आपतकालीन […]