यसपालि टीका थाप्दा विशेष ख्याल गरौँ : स्वास्थ्य मन्त्रालय

  ।   २०७७ आश्विन १६, शुक्रबार १८:४२

काठमाण्डौ । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकोले दशैँ पर्व मनाउँदा विशेष ख्याल गर्न आग्रह गरेको छ । दशैँमा मान्यजनबाट टीका थाप्ने चलन रहेको र ज्येष्ठ नागरिकबाट टीका थाप्दा उहाँहरुलाई कोरोना सार्ने जोखिम हुने भन्दै यो वर्ष ख्याल गर्न आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सङ्क्रमण भएका ठाउँबाट गाउँघरमा जाँदा कोरोना भाइरस पनि सँगै लगिने खतरा रहेकोले यो वर्ष टीका थाप्नकै लागि सकेसम्म यात्रा नगर्न आग्रह गर्नुभयो ।

प्रवक्ता गौतमले दशैँ पर्व अर्को वर्ष पनि आउने भन्दै हामीले हाम्रा हजुरबुबा, हजुरआमा तथा बुबा–आमालाई कोरोना लगिदियौँ भने यसले उहाँहरुको ज्यानसमेत जान सक्ने बताउनुभयो । ज्येष्ठ नागरिकहरु कोरोना सङ्क्रमण तथा सङ्क्रमण भएपछि जटिल अवस्थामा पुग्ने खतरा धेरै रहेकोले सकेसम्म उहाँहरुको छेउमा नजान आग्रह गर्नुभयो ।

ज्येष्ठ नागरिकको हेरचाह गर्ने व्यक्ति पनि सधैँ सचेत रहन भन्दै उहाँले दशैँका टीका थाप्ने प्रयोजनका लागि मात्र यात्रा नगर्न र घरबाहिर गइरहने व्यक्तिले ६० वर्षमाथिका ज्येष्ठ नागरिकबाट टीका नथाप्न पनि आग्रह गर्नुभयो । उज्यालो अनलाइन

Next Post

खोप ल्याउन कसैसँग सम्झौता भएको छैन : मन्त्रालय

२०७७ आश्विन १६, शुक्रबार १८:४२
काठमाण्डौ । सरकारले कोरोना भाइरसविरुद्धको खोप आयातसम्बन्धी कसैसँग सम्झौता नगरेको स्पष्ट पारेको छ । एउटा भारतीय कम्पनीले रुसमा बन्दै गरेको खोप नेपाल ल्याउन सम्झौता गरेको खबरप्रति इङ्गित गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले विश्वमा अहिलेसम्म खोप नै नबनेकोले यसबारेमा सम्झौता नभएको बताउनुभयो । विश्वका विभिन्न ठाउँमा विकास गरिरहेका खोप तेस्रो […]