नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख ७० हजार नाघ्यो

  ।   २०७७ कार्तिक १५, शनिबार १६:३५

काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख ७० हजार नाघेको छ ।

गएको २४ घण्टामा दुई हजार पाँच सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या एक लाख ७० हजार सात सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा नौ हजार दुई सय ७९ जनाको पीसीआर परीक्षण भएको हो ।

आज थपिएका मध्ये काठमाण्डौ उपत्यकाका एक हजार तीन सय ५७ जना रहेका छन् । यस्तै गएको २४ घण्टामा दुई हजार दुई सय ६४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या एक लाख ३१ हजार दुई सय २२ पुगेको छ । अब नेपालमा ३८ हजार पाँच सय ८४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै गएको २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Next Post

बाँकेमा कोरोना संक्रमणबाट ७० वर्षीय पुरुषको मृत्यु

२०७७ कार्तिक १५, शनिबार १६:३५
बाँके । बाँकेमा कोरोनाका कारण दाङका ७० वर्षीय पुरुषको शनिबार मृत्यु भएको छ । कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहनु भएका तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १८ का ७० वर्षीय पुरुषको दिउँसो २ः४५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार […]

सम्बन्धित शीर्षक