जन ज्योति मा.वि.का अति विपन्न बालबालिका लाई पुर्णतारा फाउन्डेसन नेपालद्वारा जाडोको कपडा वितरण

  ।   २०८० माघ १४, आईतवार १५:४३

नेपालगन्ज  । बाँकेको कोहलपुरमा रहेको श्री जन ज्योति मा.वि. कोहलपुर १ कौशिलानगरका अति विपन्न बालबालिका लाई पुर्णतारा फाउन्डेसन नेपालद्वारा जाडोको लत्ताकपडा वितरण गरेको छ ।

उक्त विद्यालयमा अध्ययनरत दलित, अति विपन्न, आर्थिक अवस्था कमजोर भएका २४ जना विद्यार्थीहरुका लागि जाडोको न्यानो कपडा स्वीटर वितरण गरिएको पुर्णतारा फाउन्डेसन नेपालको अध्यक्ष तारा कुमारी खत्री रोकायले बताउनुभयो ।

उक्त विद्यालयको प्रधानाध्यापक सुमित्रा न्यौपानेले आफ्नो विद्यालयमा दलित समुदायका, अभिभावक विहिन भएका बालबालिका भएको र उनीहरुले चिसो मौसमा न्यानो कपडा आवश्यकता भएको हुदा फाउन्डेसनलाई अनुरोध गरेपछि विद्यार्थीहरुलाई स्वीटर उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

उक्त विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष खिमलाल शर्माले फाउन्डेसनले यसरी सानासाना बालबालिकालाई जाडोको कपडा वितरण गरेर उनीहरूलाई कल्याण गरेको भन्दै उपलब्ध गराएकोमा फाउन्डेसनप्रति आभार व्यक्त गर्नु हुदै आगामी दिनहरूमा पनि गर्ने आशा व्यक्त गर्नु भएको हो ।

लत्ताकपडा वितरण कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं १ का कार्यबाहक अध्यक्ष गंग बि.क. जिल्ला समन्वय समिति सदस्य रेवती नेपाली , नेपालगन्ज उद्योग वाणिज्य संघका एशोसियट सदस्य कमल कार्की, नेपाल भारत मैत्री संघका सदस्य डा. पंकज कुमार गुप्ता, पुर्णतारा फाउन्डेसनको कोषाध्यक्ष बसन्ता शर्मा, समाजसेवी अजय केसी, ललिता थापा, उक्त विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष अमर लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

Next Post

बिष्टको संयोजकत्वमा खेल भौतिक पुर्वाधार अध्ययन समिति गठन

२०८० माघ १४, आईतवार १५:४३
नेपालगन्ज । लुम्बिनी प्रदेशमा रहेका खेल क्षेत्रको भौतिक पूर्वाधारहरु अध्ययन गर्न राष्ट्रिय खेलकुद परिषद्ले तीन सदस्यीय समिति गठन गरेको छ । राखेप सदस्य दिपेन्द्र विष्टको संयोजकत्वमा महेश चन्द र चिरञ्जीवि लम्साल सदस्य रहेको समिति गठन गर्दै राखेपले २१ दिनभित्र प्रतिवेदन पेश गर्न भनेको छ । ‘लुम्बीनी प्रदेशको भौतिक पूर्वाधार अध्ययन […]

सम्बन्धित शीर्षक