बाँकेमा कोरोना संक्रमणबाट ७० वर्षीय पुरुषको मृत्यु

  ।   २०७७ कार्तिक १५, शनिबार १७:२०

बाँके । बाँकेमा कोरोनाका कारण दाङका ७० वर्षीय पुरुषको शनिबार मृत्यु भएको छ ।

कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहनु भएका तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १८ का ७० वर्षीय पुरुषको दिउँसो २ः४५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार उहाँलाई स्वास्थ्यमा समस्या भएपछि कात्तिक १४ गते कोहलपुरको आईसीयू युनिटमा भर्ना गरिएको थियो । कोरोना आशंकामा भोलिपल्ट स्वाब लिएर जाँच गर्दा त्यही दिन कोरोना पुष्टि भएको थियो ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

Next Post

विश्वभर कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या तीन करोड ३३ लाख नाघ्यो

२०७७ कार्तिक १५, शनिबार १७:२०
एजेन्सी । विश्वभर कोरोना सङ्क्रमण निको हुनेको संख्या ३ करोड ३३ लाख नाघेको छ । अहिलेसम्म ४ करोड ६० लाख २३ हजार ४४६ जनमा कोरोना पुष्टि भएकोमा ३ करोड ३३ लाख ९ हजार ७०० जना निको भएका वल्ड्रोमिटरले जनाएको छ । वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा विश्वभर एक लाख ३१ […]