भारतीय सेनाध्यक्ष कात्तिकमा नेपालमा आउँदै

  ।   २०७७ आश्विन २९, बिहीबार ०७:५३

काठमाण्डौ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आउँदो कात्तिकमा नेपाल भ्रमणमा आउनु हुने भएको छ ।

दुवै देशमा भएको लकडाउनका कारण स्थगित भएको भारतका स्थल सेनाध्यक्षको नेपाल भ्रमण आउँदो कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जनरल नरावणेलाई त्यही क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका सम्बन्धमा मन्त्रिपरिषद्ले गएको माघ २० गते नै निर्णय गरेको जानकारी दिइएको छ । रासस

Next Post

आज पहाडी क्षेत्रको एक/दुई ठाउँमा हल्का पानी पर्ने

२०७७ आश्विन २९, बिहीबार ०७:५३
काठमाण्डौ । आज पहाडी क्षेत्रको एक/दुई ठाउँमा हल्का पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र अरब सागरतिर सर्ने क्रममा रहेकाले नेपालमा थोरै प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसकै प्रभावले आज प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि […]