प्रेस सेन्टर बाँकेद्वारा मन्त्री नमुनालाई बधाई

  ।   २०७९ पुष ३०, शनिबार २१:५८

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका मन्त्री माननीय कृष्णा केसी ‘नमुना’ लाई प्रेस सेन्टर नेपाल, बाँकेले शनिबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना प्रदान गरेको छ ।

प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको सो कार्यक्रममा बाँके क्षेत्र नम्बर १(१) बाट निर्वाचित भई पौष २८ गते प्रदेश सरकारको मन्त्रीमा नियुक्त हुनुभएकी मन्त्री नमुनालाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको हो ।

बधाई ग्रहण गर्दै मन्त्री नमुनाले आफू जहिल्यै मिडिया र पत्रकारको पक्षमा भएको बताउनु भयो । उहाँले भन्नु भयो ‘पत्रकार र मिडियाको भुमिकाले नै मलाई यो ठाउँमा पुर्‍याएको हो, म कहिल्यै मिडियाको भुमिका बिर्सिदैन ।’ मिडियाका माध्यमबाट आफुले गरेका जनताका कामको जानकारी प्रत्यक्ष जनतासम्म पुग्ने गरेको बताउदै उहाँले भबिष्यमा पनि मिडियालाई साथमा लगेर अघि बढ्ने बताउनु भयो ।

मन्त्री नमुनाले ५ बर्षसम्म सांसद रहेर आफ्नो क्षेत्रका धेरै बिकासका गतिविधिलाई अगाडि बढाएको अनुभव सुनाउदै काम पूरा हुन बाँकी रहेका बिकासे कार्यक्रम लगायत जनताका अन्य समस्याहरुलाई हल गर्नका लागि अबको यो मन्त्रीकाल खर्च गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय सचिब सिराज खान, निति तथा परामर्श समिति सदस्य सुशील लामिछाने, लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, प्रदेश सचिब द्वय गजेन्द्र गुरुङ र आलम खान लगायतका सेन्टरका जिल्ला तहका नेताहरुले मन्त्री नमुनालाई बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो ।

Next Post

मन्त्री भए लगत्तै नमुनाले सम्झिनुभयो जनयुद्धका सहिद तथा बेपत्ता परिवारका सदस्यहरुलाई 

२०७९ पुष ३०, शनिबार २१:५८
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री कृष्णा केसी ‘नमुना’ अहिले आफ्नो गृह जिल्ला बाँकेमा आफ्ना मतदाता तथा जनताहरुसङ्ग भेटघाटमा व्यस्त हुनुहुन्छ । भेटघाटका क्रममा जिल्लामा रहेका विभिन्न संघ संस्थाहरुले उहाँलाई बधाई तथा शुभकामना प्रदान गरिरहेका छन । यसै क्रममा मन्त्री कृष्णा केसी (नमुना) ले जनयुद्धका घाइते, सहिद तथा वेपत्ता परिवारका सदस्यहरुलाई […]