नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ माओवादी तर्फका अध्यक्षका उम्मेदवार मुस्ताक अन्सारीले वडामा स्वस्थ्य र शिक्षा निशुल्क गरिने बताउनु भएको छ । वडामा ४ जना एम बि बि एस गरेका डक्टर सहित सर्वसाधारणको घरदैलोमा पुगेर स्वस्थ सेवा प्रदान गरिने अन्सारीले बताउनु भयो ।
हजार भन्दा बढीको संख्यामा भेला भएका मतदातालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार अन्सारीले जनतलाइ कुनै पनि दुख नदिइ जनताको कामगर्ने माओवादी पार्टीलाई जिताउनुस भन्दै आग्रह गर्नु भयो । कोणसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अतहरहुसेन फारुकीले मुस्ताक अन्सारी सहितको टोलिलाई जिताउन आग्रह गर्नु भयो । उहाले भन्नुभयो´ माओवादी पार्टी मधेसी, मुस्लिम, आदिवासी, महिला, पिछडिएका बर्ग जाति, लिङ्ग, भाषाका जनताको पार्टी हो । त्यसैले माओवादी पार्टीले जिते जनता जित्ने बताउने भयो । त्यस्तै लुम्बिनी प्रदेश सदस्य नवीन शर्माले अन्सारी लगायतको सिङ्गो टिमलाई जिताउन आग्रह गर्नु भयो । नेपालगन्ज उपमहानगर अध्यक्ष रतन बहादुर शाहीले युवा नेता अन्सारीलाई जिताउन सबैमा आग्रह गर्नु भयो । अध्यक्ष शाहीले सम्पूर्ण वडाबासीलाई एकपटक माओवादी तर्फका अध्यक्ष अन्सारी लगायत सम्पूर्णलाई बिजयी गराउनुस अनि सबै सुबिधा पाउनु हुनेछ भन्दै जिताउन मतदातालाई आग्रह गर्नु भयो । नेपालगन्ज-५ का वडा अध्यक्ष कल्पना शर्माको अध्यक्षतामा शुरु भएको कोणसभाको संचालन नगर उपाध्यक्ष वसन्त मल्लले गर्नु भएको थियो ।