फिफा विश्वकप र एसिया कपकाे छनोटका लागि नेपालले आज ताइपेईसँग खेल्दै

  ।   २०७८ जेष्ठ २०, बिहीबार ०७:१४
unn.prixa.net

काठमाण्डाै | सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाइनिज ताइपेईसँग खेल्दैछ । खेल कुवेतको कुवेत सिटीमा राति पौने १० बजे हुनेछ ।  चाइनिज ताइपेईलाई यसअघि पनि नेपालले हराएको छ ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताइपेईविरुद्ध नेपालको लक्ष्य जित भएको बताएका छन् । छनोटको चौथो स्थानमा रहेर एसियन कपमा छनोट हुने मौका कायम राख्ने उहाँको भनाइ छ ।  तर कुवेतमा गर्मी धेरै भएकाले खेल खेल्न भने कठिन हुने उहाँले बताउनु भएको छ ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ । नेपाल समूह चरणमा तीन अंकसहित चौथो स्थानमा छ । अष्ट्रेलियाको १२ अंक छ भने जोर्डन र कुवेतको समान १० अंक छ ।

नेपालभन्दा पछि रहेको चाइनिज ताइपेईले अंक जोड्न सकेको छैन । नेपालले आउँदो २४ गते जोर्डनसँग र अस्ट्रेलियासँग २८ गते खेल्ने छ ।

Next Post

प्यालेस्टाइनका दुई लाख जनालाई स्वास्थ्य सहायता आवश्यक छ : डब्ल्यूएचओ

२०७८ जेष्ठ २०, बिहीबार ०७:१४
काठमाण्डाै | विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले प्यालेस्टाइनका दुई लाख जनालाई स्वास्थ्य सहायता आवश्यक रहेको जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा ११ दिनसम्म चलेको सङ्घर्षका कारण समस्यामा परेका त्यहाँका दुई लाख जनालाई स्वास्थ्य सामग्रीको आवश्यकता रहेको डब्ल्यूएचओले जनाएको हो  । युद्धका कारण धेरै विस्थापित भएकाले मानवीय सङ्कटको जोखिम बढेको […]