संवाददाता, नेपालगंज ।
भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारत दाङ्ग तुल्सिपुर उपमहानगरपालिका ६ की ४१ बर्षिया महिलाको आज मृत्युभएको छ ।
उहाँको नेपालगंज मेडिकल कलेज कोहलपुरमा पौष ३० गते जाँच गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । सोही दिन उहाँलाई उपचारका लागी भन्दै भेरी अस्पताल नेपालगंजमा भर्ना गरिएको थियो ।
जिल्ला कोभिड ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँकेले मृतक महिलाले कोरोनाको खोप नलगाएको पाईएको जनाएको छ ।
यो सगैं कोरोना संक्रमित भई बाँकेमा आई उपचारका क्रममा मृत्यु हुने संक्रमितको संख्या ४३७ जना पुगेको छ भने बाँके जिल्ला भित्रको संख्या भने ३४५ जना रहेको छ ।
बाँकेका कोभिड फोकल पर्सन तेज ओलीका अनुसार मंसिर २६ यता कुनै पनि संक्रमितको मृत्यु भएको थिएन ।
यसैबीच, बाँकेमा ३ वटा पीसीआर ल्यावमा १७२ जनाको कोरोना जाँच गरिएकोमा ५८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । भेरी अस्पताल, वागेश्वरी ल्याव र नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोनाको जाँच गरिन्छ ।