स्थानीय तहका एक हजार छ सय १३ कर्मचारीको सरुवा (नामावली सहित)

  ।   २०७८ मंसिर २१, मंगलवार १४:३७

संवाददाता
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत एक हजार ६ सय १३ जना कर्मचारीको सरुवा गरेको छ ।

मन्त्रालयले आज ती कर्मचारीहरूको अन्तर स्थानीय तहमा सरुवाको सूची सार्वजनिक गरेको हो । लोक सेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयको भनाई छ ।

मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले सोमबार पत्रकार सम्मेलनमार्फत लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा सरुवा गर्न लागिएको जानकारी दिनुभएको थियो ।

मन्त्रिपरिषदद्वारा स्वीकृत मापदण्ड अनुसार अन्तर स्थानीय तह कामकाजमा खटाउन दुवैतर्फका स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतको हस्ताक्षर भएको दोहोरो सहमति पेस गर्नुपर्ने व्यवस्था छ । (नामावली )

प्रशासन डटकमबाट

Next Post

कानून बिपरित गरिएको खर्च

२०७८ मंसिर २१, मंगलवार १४:३७
प्रेम विश्वकर्मा, बर्दिया । विसं. २०७४ असार १४ मा सम्पन्न स्थानीय तहको निर्वाचन सगैं स्थानीय सरकारको अभ्यास थालनी गरियो । मुलुकको आर्थिक समृद्धि र स्थानीयस्तरमा लोकतन्त्रको अभ्यास गर्ने, गराउने अवसर पाएका जनप्रतिनिधिको कार्यकाल बैशाख २०७९ मा सकिदैछ । आधारभूत सेवा र विकासको औजार बोकेका स्थानीय सरकारको बजेट सगैं काम बढे पनि, […]