नेपालगन्ज उपमहानगर-२० मा फुटबल प्रतियोगिता

  ।   २०७८ कार्तिक १५, सोमबार २२:०३

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० मा आज बाट वडा स्तरीय नक आउट फुटबल प्रतियाेगित शुरु भएकाे छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० स्थित मदानपुरमा कल्याणकारीयुवा क्लबकाे आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० काे सहयोगमा मदानपुर खेल मैदानमा आजबाट  शुरु गरिएको खेलमा वडाका ९ वटा टिमकाे  सहभागीता रहेकाे कल्याणकारीयुवा क्लबका अध्यक्ष भक्त नेपालीले जानकारी दिनुभयो । सो उदघाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष कृष्ण कार्कीकाे प्रमुख आतिथ्यता र वडा सदस्य चक्र बहादुर बुढा एंव समाजसेवी क्लबका प्रतिनिधि, खेलाडीहरुकाे उपस्थितिमा उद्घाटन गर्दै प्रतियाेगिताकाे शुभारम्भ गरिएको कार्यक्रम संयाेजक राजकुमार याेगीले जानकारी दिनुभयो । आज भएको खेलमा हुम्ली सेवा समाजले  युनिक युवा क्लब लाई १ गाेल अन्तरले बिजय शुरुआत गरेकाे छ ।

प्रतियाेगितामा प्रथम हुनेले ३० हजार बराबरको खसी  सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलकाे दाेस्राे स्थान हासिल गर्ने टिमले २० हजार खसि सहित ट्रफि, मेटल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

Next Post

छात्र दुव्यवहारको घटनमा मेचि महाकालीको बिरोध

२०७८ कार्तिक १५, सोमबार २२:०३
बाँके । आफ्नै शिक्षक (प्रिन्सिपल) द्वारा यौन दुव्यबहारमा परि आत्महत्या गरेकी बाँके बैजनाथ की  एलिशा शाहको घटनाको आरोपित प्रिन्सिपल दमन पाण्डेलाई  कडा भन्दा कडा सजायको माग गर्दै मेची माहाकाली बुहारी संयुक्त आवाज बाँकेले दिप ज्योती स्कुल चिसापानी परिसरमा बिरोध कार्यक्रमको गरेको छ । आरोपी शिक्षक पाण्डे लाई आर्थिक चलखेल गरि […]