१९ लाख २७ हजार रुपैंया बराबरको चिनी र दाल बरामत

  ।   २०७९ असार १०, शुक्रबार १७:४२

सविता चन्द, नेपालगंज ।

बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १ स्थित नन्दनी मिलको प्राङगणबाट १९ लाख २७ हजार रुपैंया बराबरको चिनी र बोडिको दाल प्रहरीले बरामद गरेको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ भन्सार नगरी भित्र्याएको चिनी, बोडीको दाल बरामत गरी आवाश्यक कारबाहीको लागी नेपालगंज भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएको छ ।

यता वडा प्रहरी कार्यालय नेपालगंजका अनुसार आज नेपालगंज ४ बसपार्क बाट भन्सार छली ल्याउदै गरेको चिनि २४ बोरा र सुपर पावर सुर्ती ४ बोरा गरी १ लाख ३८ हजार रुपैयाँ बराबरको सामान बरामद गरी भन्सार कार्यालय बुझाईएको छ ।

 

Next Post

बामदेव गौतमको नयाँ राजनीतिक दल

२०७९ असार १०, शुक्रबार १७:४२
संवाददाता । बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गर्नुभएको छ । गौतमले आज दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गर्नुभएको हो । नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहनुभएका गौतमले आफू पक्षधरको भेला गर्दै आउनुभएको थियो । नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहनुभएका उहाँ पनि एकीकरण […]