टिप्परको ठक्करबाट एक वृद्धको मृत्यु

  ।   २०७८ चैत्र १५, मंगलवार १२:३८

संवाददाता, नेपालगंज।

बाँकेको राँझा चोकमा टिप्परको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । आज बिहान करिव साढे आठ बजेतिर नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २०, राँझा चोकमा भे १ क ६५७ नम्बरको टिप्परले ठक्कर दिँदा ७० वर्षीय वीरबली भण्डारीको मृत्यु भएको हो ।

मृतक भण्डारी हुम्ला खार्पुनाथ गाउँपालिका ५ घर भई हाल राँझामा बस्दै आउनुभएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ठक्कर दिने टिप्परसहित बारबर्दिया नगरपालिका जयनगरका ४५ बर्षिय टिप्पर चालक मक्कु थारुलाई नियन्त्रणमा लिईसकिएको छ ।

पीडितका आफन्तले उचित क्षतिपूर्तिका साथै ठक्कर दिने टिप्पर चालकलाई कारबाहीको माग गर्दे विरोध जनाएका छन ।

मेरो खुसी डटकमबाट

#टिप्पर    #नेपालगञ्ज

Next Post

नेपाल पत्रकार महासंघ ६७ औं बर्षमा प्रवेश

२०७८ चैत्र १५, मंगलवार १२:३८
संवाददाता, नेपालगंज। नेपाल पत्रकार महासंघ स्थापनाको ६७ औं बर्षमा प्रवेश गरेको छ । महासंघ नेपाली पत्रकारहरुको साझा संस्था हो । महासंघको स्थापना दिवसका अवसरमा जिल्ला, प्रदेश र केन्द्रमा विभिन्न खालका कार्यक्रमको आयोजना गरिएका छन । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले दिनुभएको शुभकामना मन्तव्य […]

सम्बन्धित शीर्षक