नेकपा माओवादी केन्द्र नेपालगन्ज नगर समिति द्वारा संविधान दिवसको अवसरमा द्विप प्रज्ज्वलन

  ।   २०७९ आश्विन ३, सोमबार २२:३९


नेपालगञ्ज । नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरपालिका समितिले संविधान दिवसको अवसरमा सोमवार साँझ नेपालगञ्जको सहिद सेतुविक चौक र पाटी कार्यालयमा दीप प्रज्ज्वलन गरेको छ ।

नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपूर्ण संघर्ष, दश वर्षिय जनयुद्ध जनआन्दोलन फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरण स्वरुप हामी आठौं संविधान दिवस मनाएको माओवादी केन्द्रका नगर अध्यक्ष रतन बहादुर शाहिले बताउनु भयो ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेश सहसचिव युवा नेता अकल बहादुर बमले संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पुरा गर्न माओवादी पार्टी प्रतिवद्ध रहेको बताउनु भयो ।

निकट भविष्यमा हुने प्रादेशिक र संघीय निर्वाचनमा संविधान मास्ने र विधिलाई समाप्त पार्ने शक्तिहरू नक्कली कुरा गरी जनतालाई दिग्भ्रमित पार्ने फेरी गाउ घर आउन सक्ने उहाँको भनाई थियो ।
कार्यक्रममा माओवादी केन्द्रका बाँके सचिव डिल्ली बराल , व्यवसायी नेता एंव नेपालगञ्ज उद्योग बाणिज्य संघका प्रवक्ता टंक धामी लगायतको सहभागीता रहेको थियो ।

Next Post

युवालाई उद्घोषण तथा नेतृत्व विकास सम्बन्धि तालिम

२०७९ आश्विन ३, सोमबार २२:३९
संवाददाता, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका स्थित मैनापोखरमा उद्घोषण तथा नेतृत्व विकास सम्बन्धि तालिम सोमबार सम्पन्न गरिएको छ । द नेपाली फाउण्डेसन फर मिडिया कम्युनिकेशन एण्ड डेभलपमेन्ट ग्रुप (टीएनएफएमडीजी) ले आयोजना गरेको तालिममा सहभागीलाई प्रहरी सहायक निरीक्षक कुल बहादुर बिकले एउटा औपचारिक कार्यक्रमका बीच प्रमाण–पत्र हस्तान्तरण गर्नुभयो । ‘सम्मान पाउने बाटो […]