नेकपा विवाद : राष्ट्रपतिसँग ओली र प्रचण्डको छुट्टाछुट्टै भेटवार्ता

  ।   २०७७ मंसिर १९, शुक्रबार ०६:५५

काठमाण्डौ । पार्टीभित्र विवाद बढ्दै जाँदा नेकपाका दुई अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

बिहीबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेर राष्ट्रपतिसँग छलफल गरेका हुन् । ओली बिहान शीतल निवास जानुभएको थियो भने प्रचण्ड साँझ राष्ट्रपति निवास पुग्नुभएको थियो । भेटवार्ताको विषयमा केही नबताइए पनि नेकपाभित्रको विवाद मिलाउन राष्ट्रपतिले पहल गर्नुभएको बुझिएको छ ।

बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएपछि नेकपाभित्रको विवाद झन् बढेको छ। अर्को बैठक शनिबारको लागि बोलाइएको छ, शनिबार सचिवालय बैठक बस्नुअघि सहमतिको लागि अनौपचारिक छलफल हुने नेताहरुले बताएका छन् । तर यसबीचमा सहमतिको प्रयास भन्दा दुवै पक्ष आ(आफ्नो रणनीति बनाउन व्यस्त छन् ।

नेकपाभित्र मन्त्रिपरिषद् हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ताको विषयमाथि सचिवालय बैठकमा छलफल नहुँदा विवाद चर्किएको हो । पछिल्लोपटक दुवै अध्यक्षले एकअर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै प्रतिवेदन पेस गरेपछि विवाद झन् बढेको छ ।

Next Post

रुसमा १ लाखभन्दा धेरै नागरिकलाई कोरोना विरुद्धको खोप दिइयो

२०७७ मंसिर १९, शुक्रबार ०६:५५
काठमाण्डौ । रुसमा एक लाखभन्दा धेरै नागरिकले रुसले नै विकास गरेको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड– १९ विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो । गएको अगष्ट ११ मा नै रुसले खोप प्रयोगमा ल्याएको […]