ठाकुरबाबाका युवा महिलालाई क्षमता विकास तालिम

  ।   २०८० भाद्र २४, आईतवार १४:०३

नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकाका युवा महिलाहरुलाई रोजगार पर्वद्धन गर्न एक दिने क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ ।

प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित पर्ल परियोजना अन्तर्गत युवा महिलालाई रोजगारीमा लाग्न सहज होस भन्ने उदेश्यले सो क्षमता विकास तालिम प्रदान गरिएको हो । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले युवा महिलाका लागि प्रदान गरिएको सो रोजगार सम्बन्धि क्षमता अभिबृद्धि तालिमबाट उनिहरुलाई रोजगार सम्बन्धि कार्यहरुमा ठुलो सहयोग पुग्ने बताउनुभयो ।

ठाकुरबाबा नगरपालिकाका २५ जना युवा महिलाहरुको सहभागिता रहेको सो क्षमता विकास तालिमका प्रशिक्षक बसन्त कुमार विसी रहनु भएको छ भने पर्ल परियोजनाका संयोजक गोविन्द प्रसाद लामिछाने र फिल्ड सहजकर्ता कञ्चन दहितले पनि सहजिकरण र व्यवस्थापनमा सहयोग गर्नु भएको छ । सो तालिममा युवा महिलाहरुलाई रोजगारीमा जानकालागी बायोडाटा बनाउन, रोजगारीको बारेमा वेभ साईडहरु तथा अन्तरवार्ता मोडेलबारे अभ्यास गराउनुका साथै आयआर्जनका लागि व्यवसायमा संलग्नताका बारेमा उनिहरुको क्षमता विकास गरिएको परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले बताउनुभयो ।

Next Post

नगद २६ लाख सहित कर अधिकृत पक्राउ

२०८० भाद्र २४, आईतवार १४:०३
भदौ २६ । नेपालगञ्ज विमानस्थलबाट एक कर अधिकृत २६ लाख नगद सहित पक्राउ पर्नुभएको छ भने अर्को अधिकृत फरार हुनुभएको छ । आन्तरिक राजस्व कार्यालयम गर्ने अधिकृत पक्राउ परेको प्रहरीले जनाएको छ । खगेन्द्र सापकोटा नाम भएका कर अधिकृत २६ लाख रुपैयाँ सहित पक्राउ पर्नुभएको छ भने अर्का अधिकृत दिपक पौडेल […]