युवालाई उद्घोषण तथा नेतृत्व विकास सम्बन्धि तालिम

‘सम्मान पाउने बाटो आफै बनाउनुपर्छ’ : प्रसनि कुल बहादुर बिक

  ।   २०७९ आश्विन ४, मंगलवार १५:०५

संवाददाता, बर्दिया ।

बर्दियाको बढैयाताल गाउँपालिका स्थित मैनापोखरमा उद्घोषण तथा नेतृत्व विकास सम्बन्धि तालिम सोमबार सम्पन्न गरिएको छ ।

द नेपाली फाउण्डेसन फर मिडिया कम्युनिकेशन एण्ड डेभलपमेन्ट ग्रुप (टीएनएफएमडीजी) ले आयोजना गरेको तालिममा सहभागीलाई प्रहरी सहायक निरीक्षक कुल बहादुर बिकले एउटा औपचारिक कार्यक्रमका बीच प्रमाण–पत्र हस्तान्तरण गर्नुभयो ।

‘सम्मान पाउने बाटो आफै बनाउनुपर्छ’ भन्दै प्रहरी सहायक निरीक्षक कुल बहादुर बिकले उद्घोषण सम्बन्धिको कला, सिप सबै ठाउँमा उपयोग गर्न सकिने बताउनुभयो ।

टीएनएफएमडीजीका अध्यक्ष प्रेम विश्वकर्माको अध्यक्षतामा भएको प्रमाण–पत्र वितरण कार्यक्रममा सगोअल कास्कीका टिक बहादुर थारु, टीएनएफएमडीजीका सह–सचिव गोम्ती प्रसाद वर्मा (गोपाल), स्थानीय युवा अभियन्ता सिदान्त थारु लगायत बढैयाताल गाउँपालिका अन्र्तगत पर्ने विभिन्न वडाका स्थानीय युवाहरुको उपस्थिती रहेको थियो ।

 

Next Post

छिटो प्रदेश राजधानी निर्माणको कार्यलाई अगाडि बढाउन मुख्यमन्त्री केसीको निर्देशन

२०७९ आश्विन ४, मंगलवार १५:०५
संवाददाता, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको गौरवको आयोजना राजधानी निर्माणका लागि सरोकारवालाले छिटोभन्दा छिटो सहयोग गरी तुरुन्त कार्य प्रगतिमा पूर्णता दिनका लागि राजधानी व्यवस्थापन सहयोग समिति र प्रदेश प्राधिकरणलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री केसीले प्रदेश पूर्वाधार विकास प्राधिकरण आयोजनाका कार्यक्रम राप्ती उपत्यका (देउखुरी) दाङले आयोजना […]